३४ औं राष्ट्रिय भलिबलको उपाधी पुलिसलाई

उज्यालो रैबार   ।   २०८० पुष २६, बिहीबार १८:२३

सुर्खेत । साविक विजेता नेपाल एपिएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो ।
यससँगै पुलिसले समूह चरणमा एपिएफसँग भोगेको हारको बदला लिएको छ । समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।
वर्ष २०८० मा पुलिसले सातौं फाइनल खेल्दा पहिलो उपाधि जित्न सफल भएको हो । पुलिसले पोस्ट बहादुर बोगटी स्मृति कपसँगै ललितपुर मेयर कप, सातौ प्रधानमन्त्री कप एनभिए क्लब लिग, लामाचौर कप, विरजङ स्मृति कप र बुकी कपको फाइनल गुमाएको थियो ।
पुलिसले ललितपुर मेयर कप र बुकी कपमा आर्मी, लामाचौर र विरजङ स्मृति कपमा गण्डकीसँग तथा एनभिए क्लब लिगमा हेल्प नेपाल र पोस्ट बहादुरमा एपिएफसँग हार बेहोरेको थियो ।

तस्वीर: रेवती रमण उपाध्याय
तस्वीर: रेवती रमण उपाध्याय
तस्वीर: रेवती रमण उपाध्याय
तस्वीर: रेवती रमण उपाध्याय
तस्वीर: रेवती रमण उपाध्याय
तस्वीर: रेवती रमण उपाध्याय
तस्वीर: रेवती रमण उपाध्याय
तस्वीर: रेवती रमण उपाध्याय
तस्वीर: रेवती रमण उपाध्याय
तस्वीर: रेवती रमण उपाध्याय
तस्वीर: रेवती रमण उपाध्याय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत महोत्सवमा बढी कबोल गरेको कम्पनीले धरौटी रकम जम्मा नगर्दा कम कबोललाई परेको संघको दावी

२०८० पुष २६, बिहीबार १८:२३
सुर्खेत, ४ माघ । सुर्खेत उद्योग वाणिज्य संघले यहि माघ २६ गतेदेखि फागुन ०५ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन गर्न लागेको तेस्रो ‘कर्णाली एक्पो २०८०’ मा माग गरिएको आशयपत्र अनुसार धरौटी रकम जम्मा नगरेका कारण कम कबोल भएको कम्पनीलाई दिइएको संघले दावी गरेको छ । ईमेल र प्रत्यक्ष गरी ६ वटा आशयपत्र […]