कसरी गर्ने तनाब व्यवस्थापन ?

मानसिक स्वास्थ्य र मानसिक तनाव

रुकुम टमटा /मनोविद्   ।   २०८० चैत्र १५, बिहीबार १७:२१

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य भनेको कुनै पनि रोग वा अशक्तता नहुनु मात्र नभई पूर्णरूपमा शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक स्वस्थताको गतिशील अवस्था हो । मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको त्यस्तो अवस्थालाई जनाउँछ जसमा व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न सक्दछ, जीवनका सामान्य तनावको सामना गर्न सक्दछ, उत्पादनशील तरिकाले काम गर्न सक्दछ र आफ्नो समुदायमा योगदान दिन सक्षम हुन्छ ।
मनोसामाजिक सु–स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको मन, शरीर र उसको समाज यी तीनै पक्षहरु बीचको सम्बन्ध सन्तुलित हुनु हो । यदि यी तीन मध्ये कुनै एकमा समस्या आएमा उसको मनोसामाजिक सु–स्वास्थ्यमा नकारात्मक असर पर्दछ । उदाहरणको लागि यदि कुनै व्यक्ति तनावमा छन् भने यसले उनको मनोसामाजिक स्वास्थ्यमा नकारात्मक असर पार्दछ ।


विभिन्न खालको मनोवैज्ञानिक र सामाजिक कारक तत्वहरूबाट उत्पन्न हने समस्या नै मनोसामाजिक समस्या हो । दौतरी, पारिवारिक, सामाजिक, सांस्कृतिक, धार्मिक, विभिन्न समूह तथा अन्य थुप्रै वातावरणीय कारक तत्वहरूले व्यक्तिको मनोवैज्ञानिक अवस्थालाई प्रभाव पार्ने गर्दछन् । मानसिक स्वास्थ्य समस्यालाई मनको समस्या, मनोरोग, मानसिक रोग जस्ता विभिन्न शव्दहरुबाट पनि बुझ्ने गरिन्छ । कहिलेकाहीँ विभिन्न कारणले गर्दा पनि मानिसहरूमा क्षणिक रूपमा भावनात्मक विचलन आउन सक्दछ । तर मानसिक स्वास्थ्य समस्या भनेको मानिसमा देखिने भावनात्मक, संवेगात्मक र सामाजिक आदि विभिन्न कारणहरूबाट व्यक्तिको व्यवहारमा हुने परिवर्तन हो । मानसिक रोग एक कथलमचयmभ (रोगको लक्षणहरुको समूह) हो । उदाहरणका लागि डिप्रेसन, एन्जाइटि डिसअर्डर, साइकोसिस, लागूपदार्थ दुव्र्यसनी आदि ।मानसिक स्वास्थ्य समस्याहरूलाई त्यसको किसिम र प्रभावका आधारमा प्रायः विशेष उपचार (जस्तैः औषधी, व्यवहार परिवर्तन, मनोसामाजिक सहयोग) आदिको आवश्यकता पर्दछ ।
मानसिक स्वास्थ्य सेवा प्राथमिक स्तरबाट दिन सकिन्छ । यसका लागि नेपाल सरकार तथा मातहतका निकायहरूबाट डाक्टर तथा स्वास्थ्यकर्मीहरूलाई तोकिए अनुसार तालीम दिई नियमित सुपरीवेक्षण गर्ने व्यवस्था मिलाई, निशुल्क औषधीको व्यवस्थापन समेत मिलाउनु अत्यन्तै जरुरी छ । मानसिक स्वास्थ्य समस्याहरूमध्ये डिप्रेसन एक हो । जब एउटा व्यक्ति तनावजन्य अवस्थालाई सामना गर्न प्रयोग हुने आफु सँग भएका स्रोतहरुले कुनै परिस्थितिको मुकाबिला गर्न नसक्ने स्थितिमा पुग्छ तब व्यक्तिमा भावनात्मक तथा शारीरिक प्रतिक्रियाहरु देखा पर्छ जसले गर्दा व्यक्तिलाई मानसिक तनाव हुन्छ । वैवाहिक जीवनमा उत्पन्न कठिनाई, प्रिय व्यक्तिको निधन, दुव्र्यवहार, स्वास्थ्य समस्या तथा आर्थिक संकट इत्यादि तनावजन्य अवस्थाका केहि उदाहरण हुन् ।
 लामो समयसम्म तनाव हुँदा रोग प्रतिरक्षा क्षमतामा ह्रास आउनुका साथै संक्रामक तथा प्रतिरक्षा प्रणाली सम्बन्धी रोगहरु हुन सक्छ । त्यस्तै, निरन्तर अत्याधिक तनावको सामना गर्दा उच्च रक्तचाप, अल्सर, क्यान्सर तथा मानसिक समस्या जस्तै, डिप्रेसन हुन सक्छ ।तनावले व्यक्तिमा हर्मोनको गडबडि पनि निम्त्याउन सक्छ जसले कालन्तरमा शरीरको रोग प्रतिरोधात्मक प्रणालीको क्रियाकलापमा नकरात्मक असर पार्दछ ।
 तनावले मानिसमा देखिने शारीरिक असर तथा लक्षणहरु
 मुटुको धड्कन तेज हुने, उच्च रक्तचाप
 मांसपेशी बाउडिने वा कडा हुने
 टाउको दुख्ने, छाति दुख्ने
 रिंगटा चल्ने, भाउन्न पार्ने
 खलखली पसिना आउने
 थरथर काप्ने
 हातखुट्टा काम्ने
 शारीरिक थकान
 शरीरको तौलमा परिवर्तन
 सास फेर्न गाह्रो
 यौन इच्छामा कमी
 महिनावारी गडवडी हुने
 पेट सम्बन्धि समस्या
 वाकवाकि लाग्ने
 छिटोछिटो दिसा पिसाब लागेको महसुस हुने
तनावले मानिसमा देखिने भावनात्मक असर तथा लक्षणहरु
 रिस उठ्ने
 चिडिने
 दिक्क लाग्ने
 डर लाग्ने
 छटपटी हुने
 दुःखी हुने
 उदासीनता
 चिन्तित हुने
तनावले मानिसमा देखिने संज्ञानात्मक असर तथा लक्षणहरु
 चिन्तित हुने खालका सोंच, विचार गर्ने
 डरलाग्दो खतरा, आतंक, पीडा अथवा बर्बादिको पूर्व आशंका
 एकाग्रतामा कठिनाइ, ध्यान केन्द्रित गर्न नसक्ने
 उचित मुल्याड्ढन गर्न नसक्ने
 स्मरण शक्तिमा समस्या
 नकारात्मक सोच आइरहने
 अल्मलिने, निर्णय गर्ने क्षमतामा कमी हुने
 सोचाइमा स्थिरता नहुने
तनावले मानिसमा देखिने व्यवहारजन्य असर तथा लक्षणहरु
 निद्रामा गडबडि
 खानपानमा गडबडि
 धेरै रोइरहने
 मुट्ठी कस्नु
 अत्याधिक मादक पदार्थ तथा लागुपदार्थ सेवन गर्ने, धुम्रपान गर्ने
 तनावले चेहेरा कस्सीने, बिग्रिने
 एकठाउँमा स्थिर नहुने, चटपटे व्यवहार
 कार्यक्षमतामा ह्रास हुने तथा निर्दिष्ट कामकाज सम्पन्न गर्न कठिनाई
 जिम्वेबारी बाट पन्छिने अथवा ढिलाई गर्ने
 समाजसंग बढ्दो दुरी
तनावले मानिसमा देखिने सामाजिक असर तथा लक्षणहरु
 परिवार, साथीभाइसँग अन्तरवैयक्तिक सम्बन्ध बिग्रँदै जाने,
 सामाजिक क्रियाकलापमा सहभागी नहुने
 सामाजिक सम्बन्धहरुमा कठिनाइ
 आफूले सम्पन्न गर्ने सामाजिक कामको गुणस्तरमा समस्या
 जीवनका महत्वपूर्ण परिवतर्नहरु
 कार्यक्षेत्र अथवा विद्यालय
 सम्बन्धमा कठिनाई, समस्या
 आर्थिक समस्याहरु
 अत्याधिक व्यस्त जीवनशैलि
 परिवार तथा छोराछोरी सँगको सम्बन्ध
तनावलाई व्यवस्थापन तथा नियन्त्रण गर्न हामी के गर्न सक्छौं ?
 जीवनशैलिमा सुधार –
सन्तुलित आहार, उचित निद्रा, मनोरञ्जन, आराम, व्यायाम तथा ध्यान
 माइन्डफुलनेश अभ्यास
बडी स्क्यान चित्र कोर्ने,अभिनय ,साहित्य लेखन , गहिरो श्वासप्रश्वास विधि , ध्यानकेन्द्रित गर्ने अभ्यास , व्यक्तिगत सबल पक्षको सूची बनाउने,आत्मा करुणामा ध्यान दिने,आफैनै चित्र कोर्ने, भावना व्यक्त गर्न किर्याकलापमा सहभागि हुने सगित सुन्ने, रचनात्मकतामा धयानदिने, सकारात्मक आत्मवार्ता ।
 सामाजिक समर्थन
फुर्सद सामाजिक क्रियाकलाप सङ्गन हुने,सोहेरचाहमा ध्यान दिने,सामाजिक सम्बनध मा ध्यान दिने ,खेल खेलने,विवाहवर्तबनमा ध्यान रमाउने,भजनक्रिर्तनमा समाबेस हुने, बलियो पारस्परिक सम्बन्ध निर्माण गर्ने, धार्मिक गतिविधिमा समाबेस हुन,
मानसीक रोग पनि अन्य रोगहरु जस्तै मधुमय, मुटुरोग, क्षयरोग, उच्च तथा न्यून रक्तचाप जस्ता उपचार संम्भव भएका रोग हरु जस्तै एउटा रोग हो । यो कुनै देबी देबताको साराप बोक्सी वा अन्य यस्तै अलौकीक शक्तिको प्रभाव बाट सृजित समस्या होइन । यो एक प्रकारको सामान्य समस्या हो जसको समाधान संभब छ । सम्बन्धित चिकीत्सक संग उपचार गराई नियमीत औषधि सेबन गरेमा यो रोग पुर्ण रुपमा निको हुन्छ ।

(रुकुम टमटा हाल टिपिओ नेपाल कर्णालीमा मनोविद् /मनो परामर्शदाताका रुपमा काम गर्दै आउनुभएको छ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अध्ययन गर्नुपर्ने थुप्रै पुस्तक कर्णालीमा छन्ः प्रदेश प्रमुख परियार

२०८० चैत्र १५, बिहीबार १७:२१
सुर्खेत । वैशाख ११। कर्णालीमा पहिलो पटक ‘संस्कृतिको उत्सव’ सुरु भएको छ । ‘खस भूमिमा लेखन र पठन संस्कृति’ को विकास गर्ने उद्देश्यसहित उक्त उत्सवको सुरुवात गरिएको हो । कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गरेका छन्।उद्घाटन कार्यक्रमका बोल्दै परियारले कर्णालीको विगत गौरवपूर्ण रहेको बताए। योगी नरहरीनाथको जन्म […]

सम्बन्धित समाचार