सरकारका न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने

उज्यालो रैबार   ।   २०७९ चैत्र २३, बिहीबार ११:४३

काठमाडौं । सत्ता गठबन्धनले सरकारको संयुक्त प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन् ।

तत्कालीन नेकपा एमाले र राप्रपा सम्मिलित कार्यदलले बनाएको बिषयलाई थप परिमार्जन गरेर सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्न लागिएको हो ।

कार्यदलले तयार पारे अनुसार ९ वटा बिषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमबारे पार्टी पदाधिकारी बैठकमा जानकारी दिए अनुसार गठबन्धनको बैठक बसेर आज अन्तिम रुप दिइनेछ ।

आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।

नेपाली कांग्रेसका चुनावी एजेन्डालाई प्राथमिकतामा राखेर परिमार्जित नीति तथा कार्यक्रम बनाईएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लिभरपुल र चेल्सीबीच बराबरी

२०७९ चैत्र २३, बिहीबार ११:४३
लिभरपुललाई आतिथ्यता गरेको चेल्सी घरेलु मैदानको फाइदा उठाउन नसक्दा इङ्लिस प्रिमियर लिग फुटलबअन्तर्गत मंगलबार गोलरहित बराबरीमा रोकिएको छ। ग्राहम पोर्टर बर्खास्त भएपछि घरेलु मैदानमा खेलेको पहिलो खेलमा लिभरपुलविरुद्ध चेल्सीले अंक बटुल्ने अवसर गुमाएको हो। एस्टन भिल्लासँग घरेलु मैदानमा लज्जास्पद हार भोगेपछि चेल्सीले अघिल्लो आइतबार पोर्टरलाई बर्खास्त गरेको थियो। यससँगै चेल्सी […]