प्रधानमन्त्रीको स्पष्टीकरण होइन राजीनामा चाहियो : ओली

उज्यालो रैबार   ।   २०८० असार २०, बुधबार २०:५६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताएका छन् ।

राष्ट्रिय स्वाधिनता, स्वाभिमान, संविधान र संसदमाथिनै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिन आवश्यक रहेको ओलीको प्रष्टिकरण थियो ।

प्रधानमन्त्री दाहालले केही दिन अघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटकपटक पहल गरेको अभिव्यक्ति दिएपछि एमालेलगायतका विपक्ष दलहरुले राजीनामा माग गर्दै बुधबार संसद बैठक अवरुद्ध पारेका थिए ।

त्यसलगत्तै ओलीले सञ्चारकर्मीहरुमाझ सो अभिव्यक्तिबारे प्रधानमन्त्री दाहालको स्पष्टिकरण नभई राजीनामानै आफ्नो पार्टीलाई चाहिएको बताउनु भयो ।

उनले भने, ‘प्रधानमन्त्रीले राम्रो काम गर्नु भएन । नराम्रो गर्दैगर्दै आएर अव राष्ट्रिय स्वाभिमान, स्वाधिनता आदि प्रश्नमाथि, संविधानमाथि, संसदमाथि घोर अपमान, यस्तो खालको अभिव्यक्ति दिनु भयो, जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ । कसले स्पष्टिकरण दिनु भन्यो, कहाँ रु हामीलाई स्पष्टिकरण होइन् राजीनामा चाहिएको छ ।’

त्यस अवसरमा ओलीले प्रधानमन्त्री दाहालले केही पनि राम्रो काम नगरेको जिकीर समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वागमती किनारका सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी खाली गर्न सरकालाई निर्देशन

२०८० असार २०, बुधबार २०:५६
काठमाडौं । संसदीय समितिले वागमती किनारमा रहेको अव्यवस्थित बसोबासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । बैठकपछि समितिका निर्देशन सुनाउँदै समिति सचिव उदयकुमार भण्डारीले समितिको बैठकले वागमती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं […]