प्रतिनिधिसभाको बैठक सोमबारका लागि सर्‍यो

उज्यालो रैबार   ।   २०८० असार २४, आईतवार १६:१५

काठमाडौँ — प्रतिनिधिसभाको आइतबारलाई तोकिएको बैठक सोमबारका लागि सरेको छ । आइतबार बैठक बोलाइए पनि विशेष कारणले बस्न नसकेपछि सोमबार दिउँसो ३ बजे बस्नेगरी सारिएको संसद्‌ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आइतबार १ बजेपछि सुरु हुने भनिएको बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोधमा प्रतिनिधिसभाको आइतबार १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संघीय संसद्‌का दुवै सदनमा अवरोध गरिरहेको छ । एमालेले प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिनुपर्ने माग राखेर संसद् अवरोध गर्दै आएको हो ।

आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पशुपतिमा साउने सोमवारको व्रत शुरु

२०८० असार २४, आईतवार १६:१५
चन्द्रमास अनुसार पहिलो साउने सोमवारको व्रत आजबाट शुरु भएको छ। सौर्यमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले आजबाट नै व्रत शुरु भएको हो। चन्द्रमासअनुसार दुईवटा सोमवारपछि अधिकमास शुरु हुन्छ। सो अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।पशुपतिनाथ मन्दिर दर्शन गर्ने र पूजा आराधना गर्न भक्तजनहरु पशुपतिनाथमा बिहानैदेखि भीड […]