हमाल मृत्यु प्रकरण : न्यायको माग गर्दै आफन्तद्वारा प्रदर्शनको तयारी

उज्यालो रैबार   ।   २०७८ फाल्गुन २२, आईतवार ०८:४९

सुर्खेत । कालिकोटका युवा व्यवसायी कृष्णबहादुर हमालको मृत्यु भएपछि आफन्तले न्यायको माग गर्दै आन्दोलन गर्ने तयारी गरेका छन् । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका हमालको शनिवार विहान मृत्यु भएको हो । तर आफन्तहरुले सुब्बाकुनामा प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको आरोप लगाएर शनिवार साँझ वीरेन्द्रनगरमा प्रदर्शन समेत गरेका थिए ।


सुर्खेत कालिकोट सम्पर्क मञ्चका अध्यक्ष सत्य शाहीले न्यायको माग गर्दै प्रदर्शन गर्ने तयारीमा रहेको नेपालीरैबारलाई जानकारी दिए । प्रदेश राजधानी वीरेन्द्रनगर छिर्ने मुख्य नाका सुब्बाकुनामा प्रहरीले यस्तो हर्कत गर्नु गलत भएको बताउँदै शाहीले भने, ‘पहुँचवालाले जे पनि गर्न हुने पहुँचविहिनलाई दवाएर घटना अतिरञ्जित गर्न खोज्नु मुर्खता बाहेक केही हैन्, न्याय र परिवारलाई उचित राहतको लागि वीरेन्द्रनगरमा प्रदर्शन गर्छौं ।’

स्थानीय प्रशासनले घटना बारे सत्य तथ्य छानविन गर्न समिति नै गठन गरिसकेको अवस्थामा किन आन्दोलन भन्ने प्रश्नमा शाही भन्छन्, ‘छानविन समिति बनाउनु राम्रो पक्ष हो यद्यपी समितिको प्रतिवेदन आउन्ञ्जेल पीडित परिवारहरुले दवावमुलक कार्यक्रम गर्ने मनशाय हो ।’ शाहीले प्रदर्शन शान्तिपूर्ण हुनेपनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजिनामा पठाएका विष्टले अझै गरेनन सनाखत

२०७८ फाल्गुन २२, आईतवार ०८:४९
सुर्खेत । ईमेलमार्फत सांसद पद त्यागेको घोषणा गरेर राजिनामा पठाएका नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मर विष्टले प्रदेश सभामा अझै सनाखत गरेका छैनन् । सांसद पदबाट राजीनामा दिएको तीन दिन वित्दा पनि प्रदेश सभामा आएर सनाखत नगरेको संसद सचिवालयले जनाएको हो । विष्टले फागुन २७ गते इमेल […]