दोलखा पहिरो बेपत्ता मध्ये ३ बर्षिय बालकको शव भेटियो,

उज्यालो रैबार   ।   २०८० श्रावण १९, शुक्रबार १०:२५

दोलखाको गौरीशंकर गाउँपालिका ७ स्थित मार्बु गाउँको टोपाटारमा हिजो बेलुकी गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये ३ बर्षिय बालक प्रिन्स थामीको शव भेटिएको छ।

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले वेपत्ता भएका ४ जना मध्ये बालकको शव भेटिएको बताए। ‘अन्य बेपत्ताको खोजी भईरहेको छ’ उनले नागरिकन्युज संग भने।

धमलाले गम्भीर घाईते रहेका तीन जनाको उद्धारका लागी काठमाडौंबाट हेलिकप्टर उडिसकेको बताए। प्रिन्सकी आमा सरिता, हजुरबा यत्र र हजुरआमा धनकुमारी गम्भीर घाईते छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा,

२०८० श्रावण १९, शुक्रबार १०:२५
काठमाडौं, नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदै छ । अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान १–१ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा सुरज राना मगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने छन् । दुवै १९ औं एसियाली […]