नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा,

उज्यालो रैबार   ।   २०८० श्रावण १९, शुक्रबार १०:४४

काठमाडौं, नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदै छ । अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान १–१ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुषमा सुरज राना मगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने छन् । दुवै १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । उषाले १३ औं दक्षिण एसियाली खेलकुदमा एमटीबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन् ।
व्यवस्थापकमा नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी रहेका छन् । टोली आइतबार स्कोटल्यान्ड प्रस्थान गर्ने छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत आँखा अस्पतालले भोली विशेष ओपीडी सेवा सञ्चालन गर्ने

२०८० श्रावण १९, शुक्रबार १०:४४
सुर्खेत- सुर्खेत आँखा अस्पतालले भोली (शनिबार) पनि विशेष ओ.पी.डी सेवा दिने भएको छ । केहि दिन यता कर्णाली प्रदेश वीरेन्द्रनगर, सुर्खेत लगाएताका आसपासका क्षेत्रहरुमा तिव्र रुपमा फौलिरहेको “एडेनो भाईरल कन्जङटिभाईटिस” (आँखा पाक्ने रोग) लाई मध्यनजर गदै शनिबार सेवा दिन लागेको अस्पताल मेडिकल डाईरेक्टर डा. मनिस खतिवडाले जानकारी दिएका छन् । […]