सिंहदरबारको फोहोर नउठाउने काठमाडौंका मेयर बालेन साहको घोषणा

उज्यालो रैबार   ।   २०७९ चैत्र २५, शनिबार १०:०५

५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गरेका छन् ।

आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।

काठमाडौं महानगरका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले भने यसबारे प्रतिक्रिया नदिने बताए । उनले भने, ‘मेयरसापको आधिकारिक पेजमा नै कुरा आएपछि त्यसै अनुसार बुझ्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको दोस्रो अधिबेशन सम्पन्न

२०७९ चैत्र २५, शनिबार १०:०५
सुर्खेत- नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको दोस्रो अधिबेशन सनिबार सम्पन्न भएको छ । दोस्रो प्रदेश अधिबेशनबाट छविलाल खड्काको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा लक्ष्मी प्रसाद पाण्डे र अजय के.सी सचिवमा पुष्पा आचार्य, कोषाध्यक्ष कुमारी शान्ती घिमिरे त्यस्तै सदस्यहरुमा राजाराम बडुवाल, दिपेन्द्र कुमार उपाध्याय, डम्वर […]