मुक्का हानेर सचिवलाई भाइरल बनेका वडाध्यक्षलाई ६ लाख लिएको आरोप लागेपछि

उज्यालो रैबार   ।   २०८० असार २२, शुक्रबार १५:५६

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर( ३ का वडाध्यक्ष विनोद सिं विष्टले एक उपभोक्ता समितिको पैसा जफत गरेको भन्दैै प्रहरीमा उजुरी परेको छ ।

 

बिहीवार दिउँसो वडाध्यक्ष विष्टसहित सुशिल गुरुङ, बलिराज शाहीले खोर्केखोला तटवन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ जफत गरेको विष्टमाथी आरोप छ ।

तटवन्धनको काम सम्पन्न भई रकम बाड्दै गर्दा समितिका अध्यक्ष हर्कबहादुर सिंहको घरबाट वडाध्यक्ष विष्टले पैसा राखेको झोला जफत गरी लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको ठाडो उजुरीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले वडाध्यक्ष विष्टविरुद्ध रकम जफत गरेको ठाडो उजुरी दर्ता भएको तर, वास्तविक वडाध्यक्ष सम्पर्कमा आएपछि मात्रै थाहा हुने बताए ।

‘उहाँहरुले वडाध्यक्षले जबरजस्ती पैसा लुटेर फरार भएको भन्ने ठाडो उजुरी दर्ता गराउँनु भएको छ, अहिले एकपक्षीय कुरा सुनेका छौं’, शाहीले भने, ‘छलफलका लागि हामीले वडाध्यक्षलाई सम्पर्कमा आउन भनेका छौं, वास्तविक घटनाका बारेमा दुवै पक्षलाई राखेपछि मात्रै थाहाहुन्छ ।’

यता वडाध्यक्ष विष्टले धम्क्याएर रकम जफत गरेको भनि आफू माथी लागेको आरोप निराधार रहेको बताए । आफूले कसैलाई नधमक्याएको र पैसा पनि नलिएको दावी गरे ।

प्रदेश सरकारको खोर्केखोला तटवन्धन निर्माणका लागि ३० लाख बजेटमा तटबन्धनको काम सम्पन्न भई समितिले मजदुरका लागि दिनुपर्ने रकम विनियोजन गर्ने क्रममा वडाध्यक्षले धम्याएर पैसा लिएको समितिका सदस्य दीपा खड्काको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिबारको मौसम यस्तो छ,

२०८० असार २२, शुक्रबार १५:५६
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका […]