नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको दोस्रो अधिबेशन सम्पन्न

उज्यालो रैबार   ।   २०७९ चैत्र २५, शनिबार २१:४६

सुर्खेत- नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको दोस्रो अधिबेशन सनिबार सम्पन्न भएको छ । दोस्रो प्रदेश अधिबेशनबाट छविलाल खड्काको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा लक्ष्मी प्रसाद पाण्डे र अजय के.सी सचिवमा पुष्पा आचार्य, कोषाध्यक्ष कुमारी शान्ती घिमिरे त्यस्तै सदस्यहरुमा राजाराम बडुवाल, दिपेन्द्र कुमार उपाध्याय, डम्वर नारायण मण्डल,  खड्क वि.क, खुमा कुमारी के.सी, दिपेन्द्र वटला, ताराप्रसाद गिरी, विन्दु कुमारी थापा, नगेन्द्र ब. खत्री र तुलामी वयक रहेका छन ।

प्रदेश अध्यक्ष दिपेन्द्र कडेलको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनको उद्घाटन कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्री टेकराज पछाईले गरेका थिए भने विशेष अतिथ्यतामा सामाजिक विकास मत्रालय सचिव सन्त बहादुर सुनार, स्वास्थ्य महाशाखा प्रमुख वृष वहादुर शाहि साथै प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका प्रमुख डा. शंकर प्रसाद रिजाल लगायत अतिथिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रास्वपाका सांसद ढाका निलम्बित

२०७९ चैत्र २५, शनिबार २१:४६
काठमाडौँ । व्यवसायी दुर्गा प्रसार्ईसँग पैसा मागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका छन् । सांसद श्रेष्ठले प्रसाईसँग रकम माग गरेको अडियो बाहिरिएपछि पार्टीले उनलाई कारबाही गर्दै निलम्बन गरेको हो । सांसद श्रेष्ठलाई निलम्बन गरिएको र उनीमाथि थप छानबिन हुने रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए […]