भारतबाट पेट्रोलको मूल्य घटेर आयो

उज्यालो रैबार   ।   २०७९ फाल्गुन ४, बिहीबार १९:४७

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । बिहीबार इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १।९७ रुपैयाँ र डिजेलमा ६ रुपैयाँ ४० पैसा घटेर आएको छ । प्रत्येक १५–१५ दिनमा आइओसीले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । आइओसीले कहिले पेट्रोलिम पदार्थको मूल्य घटाएर पठाउँछ त कहिले बढाएर पठाउने गरेको छ । अहिले नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाही नगर्न सर्वाेच्चको अन्तरिम आदेश

२०७९ फाल्गुन ४, बिहीबार १९:४७
काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगलाई निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयोगविरुद्ध दायरको गरेको रिटमा बिहीबार सर्वोच्चले तत्काल सबै उम्मेदवारलाई निर्वाचन खर्च नबुझाएको भन्दै कारबाही नगर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘निर्वाचन आयोगको मिति गत भदौ […]