गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

उज्यालो रैबार   ।   २०८० असार २१, बिहीबार १५:१०

सुर्खेत । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । कपुरकोट गाउँपालिका–३, स्थित चोरखोला नजिक गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दामोदर केसीका अनुसार मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका ४ का ७० वर्षीय बालाराम डाङ्गी र उनका ४० वर्षीय छोरा टोपलाल डाङ्गी रहेका छन् ।

घाइते हुनेमा गाडी मालिक सल्यानको छत्रेश्वरी गाउँपालिका ६ का ३३ वर्षीय महेन्द्र वली छन् ।

सल्यानबाट रोल्पाका लागि छुटेको रा १ ख ८३४ नम्बरको बसमा विद्युतको पोललाई सपोर्ट दिन राखिएको तारबाट करेन्ट लागेको प्रहरी प्रमुख केसीको भनाई छ । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एसईई परीक्षाको नतिजा प्रकाशित

२०८० असार २१, बिहीबार १५:१०
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बोर्डको बैठक बसेपछि नतिजा सार्वजनिक भएको हो । यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए ।