रास्वपाका सांसद ढाका निलम्बित

उज्यालो रैबार   ।   २०७९ चैत्र २६, आईतवार १४:४८

काठमाडौँ । व्यवसायी दुर्गा प्रसार्ईसँग पैसा मागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका छन् ।

सांसद श्रेष्ठले प्रसाईसँग रकम माग गरेको अडियो बाहिरिएपछि पार्टीले उनलाई कारबाही गर्दै निलम्बन गरेको हो । सांसद श्रेष्ठलाई निलम्बन गरिएको र उनीमाथि थप छानबिन हुने रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । सार्वजनिक भएको अडियो अनुसार सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै दुर्गा प्रसाईसँग पार्टीलाई रकम बुझाउनका लागि भन्दै २ करोड माग गरेका थिए । उनी रास्वपाको समानुपातिक कोटाबाट सांसद बनेका हुन् । अहिले उनलाई पार्टीले मात्रै निलम्बन गरेको छ, थप छानबिनपछि दोषी ठहर भएमा उनको सांसद पद पनि जान सक्छ ।

सांसद श्रेष्ठ यसअघि पनि आफै अध्यक्ष रहेको पोखराको साथी किसान कृषि सहकारी संस्थामा रहेका बचतकर्ता लाखौँ रकम अपचलन गरेको भन्दै विवादमा परेका थिए । यस विवादमा उनीमाथि मुद्दा समेत चलेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता : कर्णाली प्रदेश

२०७९ चैत्र २६, आईतवार १४:४८
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । सरकारबाट बाहिरिएसँगै सोमबार पार्टीको कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी समर्थन फिर्ता लिने निर्णय गरेको हो । आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका थिए । यसअघि १० पुसको समीकरणअनुसार २७ […]