एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता : कर्णाली प्रदेश

उज्यालो रैबार   ।   २०७९ चैत्र २७, सोमबार १३:२७

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । सरकारबाट बाहिरिएसँगै सोमबार पार्टीको कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका थिए । यसअघि १० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो । यस्तै १७ चैत्रमा दोस्रोपटक पनि एमालेले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको थियो ।

चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले पार्टी सरकारबाट अलग भएको एमाले नेताहरुको भनाई छ । प्रदेशमा एमालेका सभामुखसहित १० सांसद छन् । यो सँगै मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ढाका कुमारकाे अडियाे प्रकरणबारे निर्णय लिन रास्वपाकाे बैठक बस्दै

२०७९ चैत्र २७, सोमबार १३:२७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ। सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीचको अडियो प्रकरणमा निर्णय लिन बैठक बस्न लागेको हो। श्रेष्ठले प्रसाईसँग दुई करोड घुस मागेको अडियाेबारे केन्द्रीय अनुशासन तथा आचरण समितिले प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएको छ । सोही आज निर्णय हुने […]