नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

उज्यालो रैबार   ।   २०७९ चैत्र १, बुधबार ११:३८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि जारी रहेको बैठकमा उपराष्ट्रपतिको निर्वाचन, प्रतिनिधिसभाको उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । उपराष्ट्रपति चयनका लागि यही चैत ३ गते मतदान हुँदैछ ।

यसैगरी प्रतिनिधिसभा सदस्य रिक्त भएका चितवन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालविरुद्ध युएईले पहिले ब्याटिङ गर्ने

२०७९ चैत्र १, बुधबार ११:३८
काठमाडौं । युएईले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टुको अन्तिम खेलमा युएईले टस जित्दै नेपालविरुद्ध पहिले ब्याटिङ रोजेको हो । खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टिममा आज एउटा परिवर्तन भएको छ । करण केसीको स्थानमा […]