सुर्खेत आँखा अस्पतालले भोली विशेष ओपीडी सेवा सञ्चालन गर्ने

उज्यालो रैबार   ।   २०८० श्रावण १९, शुक्रबार १६:५०

सुर्खेत- सुर्खेत आँखा अस्पतालले भोली (शनिबार) पनि विशेष ओ.पी.डी सेवा दिने भएको छ । केहि दिन यता कर्णाली प्रदेश वीरेन्द्रनगर, सुर्खेत लगाएताका आसपासका क्षेत्रहरुमा तिव्र रुपमा फौलिरहेको “एडेनो भाईरल कन्जङटिभाईटिस” (आँखा पाक्ने रोग) लाई मध्यनजर गदै शनिबार सेवा दिन लागेको अस्पताल मेडिकल डाईरेक्टर डा. मनिस खतिवडाले जानकारी दिएका छन् ।

खतिवडाका अनुसार हाल आँखा अस्पतालमा आँखा पाक्ने बिरामीको चाप अत्याधिक बढेको हुदा सेवालाई सहज बनाउन भोली ओ.पि.डी दश बजे देखि तिन बजे सम्म सन्चालन हुने बताएका छन् ।

  • आँखा पाक्ने रोगका प्रमुख लक्षणहरु
    १. एक्कासी एउटा आँखा अथवा दुवै आँखा रातो हुने
    २. आँखा धेरै चिलाउने तथा आँखा टाँसिने
    ३. आँखाबाट बारम्बार पानी बगिरहने
    ४. आँखामा कचेरा लाग्ने तथा टाँसिने
    ५. आँखाबाट आँसु बगिरहने
    ६. आँखा सुन्निने
    ७. आँखाले घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देख्ने पनि हुनसक्छ।
    ८. कहिलेकाँही रुघा खोकी लाग्न सक्छ।
    ९. कान तथा घाँटीको छेउमा सुनिन पनि सक्छ।
  •  समस्या भएमा के गर्ने
    १. पटक पटक सफा चिसो पानीले आँखा सफा गर्नुपर्दछ तर आँखा भित्र पानी पार्नु हुँदैन।
    २. आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात सफा गर्ने
    ३. आफूले प्रयोग गर्ने रुमाल, टावेल, कपडा छुटाछुट्टै राख्ने। अरुलाइ प्रयोग गर्न तथा छुन नदिने
    ४. सके सम्म सगै नसुत्ने भिड भाड हुने ठाउहरुमा नजाने
    ५. आफू सुतेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने धुने
    ६. कालो चस्माको प्रयोग गर्ने
    ७. टिभीको रिमोट, मोबाइल, ल्यापटप सबै जसोले प्रयोग गर्दछौं, घरमा सबैको लागि साझा पनि हुन र यी कुराहरु हामीले सफा पनि गर्न सक्दैनौं। यी सामानहरु सबैले छुने हुनाले एकबाट अर्को व्यक्तिमा सजिलै सर्ने प्रमुख कारण यो पनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा एक महिला मृत अवस्थामा फेला

२०८० श्रावण १९, शुक्रबार १६:५०
सुर्खेत । कालिकोटमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् । आज दिउँसो खाडाचक्र नगरपालिका २ सुनार खोला बस्ने ८१ वर्षकी लाईशोभा जैसी नैनामाण्डु कालमोड भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी हुन् । सोही ठाउँ बस्ने बसन्त शाहीले जैसी २०० मिटर तल भिरमा अड्किएको अबस्थामा देखेपछी जिल्ला प्रहरी कार्यालय […]