कालिकोटमा एक महिला मृत अवस्थामा फेला

उज्यालो रैबार   ।   २०८० श्रावण २२, सोमबार १८:४२

सुर्खेत । कालिकोटमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् । आज दिउँसो खाडाचक्र नगरपालिका २ सुनार खोला बस्ने ८१ वर्षकी लाईशोभा जैसी नैनामाण्डु कालमोड भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी हुन् ।

सोही ठाउँ बस्ने बसन्त शाहीले जैसी २०० मिटर तल भिरमा अड्किएको अबस्थामा देखेपछी जिल्ला प्रहरी कार्यालय कालिकोटमा खबर गरेका थिए । तत्कालै कालिकोटबाट प्रहरी निरीक्षकको कमाण्ड सहितको ५ जनाको टोली घटना स्थल पुगेको थियो ।

मृतक महिला छोरी ज्वाई संग बस्दै आएकी थिईन् । उनका छोरा भने छैनन् ।घटनाको विषयमा थप अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२१२ किशोरीले लगाए पाठेघरको क्यान्सर रोक्ने खोप 

२०८० श्रावण २२, सोमबार १८:४२
सुर्खेत । कर्णालीका २ सय १२ किशोरीले पाठेघरको क्यान्सर रोक्न खोप लगाएका छन् । उनीहरुले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पाठेघरको क्यान्सर विरुद्धको खोप लगाएका हुन् । खोप अभियान आज भदौ २७ देखि संचालन भएको हो । यो अभियान भदौ ३० गतेसम्म चल्नेछ । जसमा कर्णालीका ८ सय जना १४ वर्षका […]