२१२ किशोरीले लगाए पाठेघरको क्यान्सर रोक्ने खोप 

उज्यालो रैबार   ।   २०८० भाद्र २७, बुधबार २०:१०

सुर्खेत । कर्णालीका २ सय १२ किशोरीले पाठेघरको क्यान्सर रोक्न खोप लगाएका छन् । उनीहरुले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पाठेघरको क्यान्सर विरुद्धको खोप लगाएका हुन् ।
खोप अभियान आज भदौ २७ देखि संचालन भएको हो । यो अभियान भदौ ३० गतेसम्म चल्नेछ । जसमा कर्णालीका ८ सय जना १४ वर्षका किशोरीहरुलाई खोप लगाइनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले पाठेघरको मुखको क्यान्सर रोक्न देशका सात वटै प्रदेशमा स्वास्थ्य कार्यालयको समन्वयमा किशोरीहरुलाई खोप लगाउन थालेको हो ।
सुर्खेतमा निर्धारित समयमा खोप लगाउन आवश्यक तयारी पुरा गरी आजदेखि खोप अभियान संचालन भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
उनका अनुसार पाठेघरको मुखको क्यान्सरबाट कर्णालीमा पनि थुप्रै महिलाहरु पीडित छन् । ह्युम्यान प्यापिलोमा भाइरसको संक्रमणका कारण महिलाहरुको पाठेघरको मुखको क्यान्सर हुने गरेको हो । तर सरकारले पहिलो पटक किशोरावस्थाबाटै यो समस्या समाधान गर्न खोप अभियानको शुरुवात गर्न लागेको छ ।
एचपीभी भाइरसबाट पाठेघरको मुखको क्यान्सर फैलिन नदिन अघि नै खोप किशोरीहरुलाई लगाएर संक्रमण फैलिनबाट रोक्न खोप अभियान थालिएको कँडेल बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बहुसरोकारवालासँग महिला, शान्ति र सुरक्षा सम्बन्धी छलफल (भिडियो सहित)

२०८० भाद्र २७, बुधबार २०:१०
सुर्खेत: महिला, शान्ति र सुरक्षा सम्बन्धी बहुसरोकारवालासँग छलफल सम्पन्न गरिएको छ । बिहिबार सुर्खेतमा महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० को दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धी बहुसरोकारवालासँग छलफल गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले अधिकार प्राप्तिका लागि […]

सम्बन्धित समाचार