बहुसरोकारवालासँग महिला, शान्ति र सुरक्षा सम्बन्धी छलफल (भिडियो सहित)

उज्यालो रैबार   ।   २०८० भाद्र २८, बिहीबार १९:२९

सुर्खेत: महिला, शान्ति र सुरक्षा सम्बन्धी बहुसरोकारवालासँग छलफल सम्पन्न गरिएको छ । बिहिबार सुर्खेतमा महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० को दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धी बहुसरोकारवालासँग छलफल गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले अधिकार प्राप्तिका लागि पीडित, सिमान्तकृत समुदाय र महिलाहरु सक्रिय हुनुपर्नेमा जोड दिए । उनले आफ्नो अधिकारका लागि सरकार र सरोकारवालाई बारम्बार घचघच्याउनुपर्ने बताए । उनले अधिकारप्रातिको आन्दोलनमा सबै एकजुट भई आवाज उठाउनुपर्ने सुझाव दिए । मानव अधिकार सुनिश्चितताका लागि आफु अभिभावकत्व निर्वाह गरी अगाडी बढ्ने उनको भनाई छ । प्रमुख सुनारले मानवअधिकारको रक्षाका लागि काुननमा व्यवस्था भएबमोजिम सुर्खेतका सबै पालिकामा अध्यक्ष र प्रमुखको संयोजकत्वमा मानवअधिकार संरक्षण समिति गठन गरिएको जानकारी दिए । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख लोकनाथ बास्तोलाले न्यायका लागि पीडितहरुले निरन्तर आवाज उठाउनुपर्ने बताए ।

निरन्तरको संघर्षले पीडितलाई एक दिन अवश्यपनि न्याय मिल्ने प्रमुख बास्तोलाको भनाई छ । त्यस्तै मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले प्रस्ताव नम्बर १३२५ र १८२० को दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धी जानकारी दिँदै अधिकारका सवालमा पीडितले बढी चनाखो भएर काम गर्नुपर्ने बताए । त्यस्तै वीरेन्द्रनगर वडा नम्बर ६ की वडा सदस्य निरा पन्तले शान्ति सम्झौत भएको दुई दशकबित्दा पनि राज्यले पीडितलाई न्यायको अनुभूति दिन नसक्नु दुखद् रहेको बताइन् । सदस्य पन्तले द्वन्द्वमा लुकेका पीडा अहिले विस्तारै खुल्न थालेको भन्दै पीडितहरुमा मानसिक समस्या समेत हुन थालेकोले त्यसमा राज्यले गम्भीर भएर नीति तथा योजना बनाउनुपर्ने सुझाव दिइन् । एकल महिला समुह सुर्खेतकी अध्यक्ष ममता नगालले द्वन्द्वपीडितका घाउमा विस्तारै मलहम लगाउने कार्यको थालनी भएकोले फेरि अधिकारका लागि सबैले आ—आफ्नो ठाउँबाट आवाज उठाउन अनुरोध गरिन् ।

मानवअधिकारका लागि महिला एकल महिला संघ सुर्खेतले आयोजना गरेको कार्यक्रममा द्वन्द्वपीडित महिला, द्वन्द्वपीडितमा घाइते अपांग भएका र बेपत्ता परिवारका सदस्यहरुको समेत सहभागिता रहेको थियो । त्यस्तै द्वन्द्वपीडित महिला संघ कर्णाली प्रदेशकी अध्यक्ष सितलसिंह राठौर, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) लगायत विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गैह्रीगाउँमा ४ जनाको हत्या

२०८० भाद्र २८, बिहीबार १९:२९
काठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् । गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका […]