गैह्रीगाउँमा ४ जनाको हत्या

उज्यालो रैबार   ।   २०८० भाद्र ३०, शनिबार ०६:५८

काठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् ।
गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताए । उनले भने–‘धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ ।’
हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । गए राति १२ बजेतिर घटना भएको बताइएको छ । घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य सेवा प्रवाहमा कनकासुन्दरी गाउँपालिका दुई स्थान तल झर्‍यो, सिंजा गाउँपालिका पहिलो

२०८० भाद्र ३०, शनिबार ०६:५८
जुम्ला: जुम्ला जिल्लामा स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य कार्यक्रम सम्पादन तथा व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिका गत वर्षको तुलनामा यस वर्ष दुई स्थान तल झरेको छ । आर्थिक वर्ष ०७९/०८० मा कार्यसम्पादनको आधारमा जिल्लाका ८ स्थानीय तहमध्ये कनकासुन्दरी गाउँपालिका चौथो स्थानमा छ भने सिन्जा गाउँपालिका (उत्कृष्ट) प्रथम स्थान हासिल गरेको छ । सेवा […]