प्रहरीले पत्रकार रावलमाथि गरेको दुव्र्यहारको महासंघद्वारा भर्सना

ujyaalo raibar   ।   २०७७ फाल्गुन १२, बुधबार २०:११

सुर्खेत । पत्रकार रमेश रावलमाथि मंगलबार राती प्रहरीले गरेको दुव्र्यहार कुटपिट घटनाप्रति भएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले ध्यानआकर्षण भएको जनाएको छ । बुधबार महासंघका कर्णाली प्रदेश महासचिव दीपेन्द्र शर्माले जारी गर्दै ध्यानआकर्षण भएको जनाएको हो ।
‘स्थानीय पत्रिकाको काम सकेर निवासतर्फ जादै गरेका गर्दा सुर्खेत वीरेन्द्रनगरको यरीचोकमा डिउटीमा रहेका प्रहरीले गरेको दुव्र्यहारको घटना प्रति महासंघ प्रदेश समितिको गम्भीर ध्यानआकर्षण भएको छ ।’ विज्ञप्तीमा भनिएको छ,‘आफ्नो नियमित काम सकेर निवासतर्फ पत्रकार रावलप्रति गरिएको यस प्रकारको दुव्र्यहारको कडा रुपमा बिरोध गर्दछ ।’
स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने नागरिकको मौलिक हकको सम्मान गर्न समेत महासंघ माग समेत गरेको छ ।
महासंघले यस्ता प्रकारका घटनाले पत्रकारलाई थप असुरक्षित बनाउनुका साथै प्रेस स्वतन्त्रतामाथिको धावा बोलेको आफ्नो ठहर रहेको विज्ञप्तीमा भनेको छ ।
‘कुनै पक्षबाट यस्ता उच्छृखल र गैरकानुनी कार्य निन्दनीय भएको भन्दै पत्रकारमाथि गरिएका यस्ता हर्कत बन्द गर्न माग गरेको छ ।
स्वतन्त्र, निर्भयका साथ पत्रकारिता गर्ने वातावरण मिलाउन दोषी उपर कानुनी कारवाहीको लागि सम्बन्धित पक्षसँग माग समेत गरेको छ ।
सोमबार रावललाई राती १० बजे नियन्त्रणमा लिएर २ बजे छाडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओली र विप्लव भोलि एकै मञ्चमा

२०७७ फाल्गुन १२, बुधबार २०:११
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको वार्ता तीन बुँदे सहमतिमा सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो। सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। सहमतिअनुसार विप्लव समूहका नेता-कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ भने विप्लव समूहले आफ्नै सबै राजनीतिक […]

सम्बन्धित समाचार