कर्णालीमा बजेट खर्च सधैँ निराशाजनक, १० महिनामा ३१ प्रतिशत खर्च

उज्यालो रैबार   ।   २०८० जेष्ठ १०, बुधबार ११:२२

सुर्खेत । कर्णाली प्रदेश सरकारले १० महिनामा ३१ प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९।८० को वैशाखसम्म ३१।२२ प्रतिशत बजेट खर्च भएको छ । यसमध्ये चालुतर्फ ३८।८२ प्रतिशत र पुँजीगततर्फ २६।१५ प्रतिशत बजेट खर्च भएको छ । कुल ३२ अर्ब ९४ करोड ९० लाख तीन हजार ९६५ रुपैयाँमध्ये १० अर्ब २२ करोड १५ लाख ९४ हजार ८३२ रुपियाँ बजेट खर्च भएको कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी विकास बजेट भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले २३।९४ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले ११ अर्ब तीन करोड चार लाख ५८ हजार रुपैयाँ बजेटमध्ये दुई अर्ब ५९ करोड ६७ लाख १५ हजार ४५८ रुपैयाँ बजेट खर्च गरेको छ ।

सामाजिक विकास मन्त्रालयले ४१।३० प्रतिशत बजेट खर्च गरेको छ । छ अर्ब आठ करोड ९३ लाख ८० हजार २५५ रुपैयाँमध्ये दुई अर्ब ५१ करोड ३८ लाख ४५ हजार ८३० रुपैयाँ बजेट खर्च भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३०।४१ प्रतिशत बजेट खर्च गरेको छ । दुई अर्ब ४१ करोड ३१ लाख ९१ हजार ९६५ रुपियाँमध्ये ७३ करोड ३८ लाख ५५ हजार ८५९ रुपैयाँ बजेट खर्च गरिएको छ ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ३५।१५ प्रतिशत बजेट खर्च गरेको छ । तीन अर्ब ८१ करोड ९८ लाख १२ हजार रुपैयाँमध्ये एक अर्ब ३४ करोड २४ लाख ८६ हजार ३३८ रुपैयाँ बजेट खर्च गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३१।१८ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले दुई अर्ब १६ करोड ८९ लाख रुपैयाँमध्ये ६७ करोड ६३ लाख ५१ हजार ८२४ रुपैयाँ बजेट खर्च गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले १८।९५ प्रतिशत बजेट खर्च गरेको छ । कार्यालयले ६७ करोड ३५ लाख ९९ हजार रुपैयाँ बजेटमध्ये १२ करोड ७६ लाख ४८ हजार ९०५ रुपैयाँ खर्च गरेको छ । आर्थिक मामिला तथा कानुन मन्त्रालयले ४७।७५ प्रतिशत बजेट खर्च गरेको छ । २१ करोड ५५ लाख नौ हजार रुपैयाँमध्ये १० करोड २९ लाख छ हजार ३७० रुपैयाँ खर्च गरेको छ । कर्णाली प्रदेशको बजेट खर्च बर्सेनि निराशाजनक छ ।

चालु आव सकिन अब दुई महिना मात्रै बाँकी रहँदा बजेट खर्चको उत्साहजनक अवस्था देखिँदैन । बजेट खर्च गर्न थुपै्रै चुनौती रहँदै आएको सरकारले बताएको छ । कर्मचारी अभाव, अन्य स्रोतसाधनको अभाव, आर्थिक वर्षको अन्तिममा आएर बजेट खर्च गर्ने प्रवृत्तिलगायत कारण बजेट खर्च हुन नसकेको बताइन्छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापाले चालु आर्थिक वर्षमा ७० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान गरिएको बताए । कर्मचारी अभाव, चुनाव, सरकार परिवर्तनलगायतका कारण खर्च कम छ । केही काम भएको तर भुक्तानी हुन बाँकी पनि रहेको र काम भइरहेकाले ७० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान छ । यो खबर प्रदेश रैबार साप्ताहिकमा मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तातोपानीका ९१ प्रतिशत योजना सम्पन्न

२०८० जेष्ठ १०, बुधबार ११:२२
जुम्ला ः जुम्लाका धेरैजसो कार्यालयमा समयमा आयोजना सम्झौता नगर्ने, आयोजना कार्यन्वयन तथा काम सुरु नगर्ने प्रचलन छ । यसले गर्दा जब आर्थिक वर्षको अन्त्यतिर असारे विकास गर्ने गरिन्छ । तर यहाँको तातोपानी गाउँपालिकाले समयमा योजना सम्झौतादेखि कामको थालनी गरेर बैशाख मसान्तभित्र नै ९१ प्रतिशत योजना सम्पन्न गरिसकेको छ । ८१ […]

सम्बन्धित समाचार