कर्णालीमा यो वर्ष थप सात दिन विदा

उज्यालो रैबार   ।   २०७९ बैशाख ८, बिहीबार १७:४२

सुर्खेत । कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थप गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवसहरुमा विदा दिने निर्णय गरेको हो । धान दिवसको विदा असार १५ गते जुम्ला बाहेक अन्य ९ जिल्लामा मात्रै लागु हुनेछ भने जुम्लामा चैत १२ गते विदा दिइएको छ ।

साउने संक्रान्ति तथा देउडा पर्व साउन १ गते, नाग पञ्चमी साउन १७ गते, प्रदेश स्थापना तथा शहिद दिवस भदौ ४ गते, कोजाग्रत पूर्णिमा असोज २३ गते, राम नवमी चैत १६ गते र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्लामा मात्र विदा दिने निर्णय गरिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर विदाहरु सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उम्मेदवार टुङगो लगाउन शुक्रबार कांग्रेस कार्यसम्पादन समितिको बैठक

२०७९ बैशाख ८, बिहीबार १७:४२
नेपाली कांग्रेसले स्थानिय तहका उम्मेदवारको टुङगो लगाउन शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसद्धारा बिहीबार जारी विज्ञप्ति अनुसार बैठक शुक्रबार दिउँसो २ बजे केन्द्रिय कार्यालय विपि स्मृति भवन ललितपुरमा बस्नेछ ।  र, स्थानिय तह निर्वाचनका उम्मेदवारबारे छलफल हुनेछ । बैठकमा कन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई अनिवार्य उपस्थिति […]