होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा शाही निर्वाचित

उज्यालो रैबार   ।   २०७९ बैशाख १७, शनिबार २१:४१

होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा ऐनबहादुर शाही निर्वाचित हुनुभएको छ । संघको शुक्रबारबाट शुरु भएको ५औं चुनावी साधारणसभाले आज शाहीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

कार्य समितिको बरिष्ठ उपाध्यक्षमा सुमन कार्की ९केसी०, प्रथम उपाध्यक्षमा हरिप्रसाद अधिकारी, द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महासचिवमा विकास सिलवाल, सचिवमा अर्जुन देवकोटा र कोषाध्यक्षमा दुर्गाबहादुर बस्नेत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक अधिवक्ता दुर्गाप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यहरुमा धनबहादुर खड्का, गोपाल विसी, रामचन्द्र चौधरी, टिकाराम खड्का, गणेश गुरुङ, गोविन्दकुमार केसी, कृष्णप्रसाद पौडेल, शंकर भट्टराई, गोविन्द लामा र पोषणराज रेग्मी रहेका चयन भएका छन् ।

संयोजक सापकोटाले नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई आजै पद तथा गोपनीयताको सपथ खुवाइएको बताउनुभयो । सो अवसरमा निवर्तमान अध्यक्ष गोरख रावतले नवनिर्वाचित अध्यक्ष ऐनबहादुर शाहीलाई निर्णय पुस्तिकासहित आवश्यक कागजजात हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश लोक सेवा आयोगको परीक्षामा ५९ प्रतिशत परीक्षार्थी उपस्थित

२०७९ बैशाख १७, शनिबार २१:४१
सुर्खेत- कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतले लिएको परीक्षामा ५९।०२ प्रतिशत परीक्षार्थी उपस्थित भएका छन् । प्रदेश लोक सेवा आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीका अनुसार आज लिएको पाँचौ तहको सहायक/लेखा सहायक/लेखापाल/आन्तरिक लेखा पदका लागि खोलिएको ९२ सिटका लागि १० हजार ३२७ जना परीक्षार्थीहरुले आवेदन भरेका थिए । आवेदन दिएका मध्य आजको […]