श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु

उज्यालो रैबार   ।   २०७९ फाल्गुन २, मंगलवार १२:३९

दैलेख। दैलेखमा श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु भएको छ। सोमबार राती १० बजेको समयमा श्रीमानले आफ्नै श्रीमतिलाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिल्लाको गुराँस गाउँपालिका–८ माथिल्लोगार्जाका २८ वर्षीया कृष्णबहादुर खड्काले श्रीमति २७ वर्षीया पार्वती विसीलाई कुटपिट गर्दा विसीको मृत्यु भएको हो। घरमा श्रीमान÷श्रीमतिबीच सामान्य पारिवारिक झगडा हुँदा कृष्ण्बहादुरले ढोकामा लगाउने काठको गरालोले टाउँकोमा हानेर पार्वतीको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। ्रप्रहरीले हाल कृष्णबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

यस्तै, पार्वतीका आफन्त नाता पर्ने भिनाजुले कृष्णबहादुर विरुद्ध जाहेरी दिएको प्रहरीको भनाई रहेको छ। पार्वती र कृष्णबहादुरबीच गत मंसिर मा विवाह भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नामिबियामाथि नेपालको सानदार जित

२०७९ फाल्गुन २, मंगलवार १२:३९
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले नेपाललाई जितका लागि २८६ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४७ दशमलव ४ ओभरमा आठ विकेट गुमाएर […]