माधव भाग्दै ,ओलि नजिकिदै

उज्यालो रैबार   ।   २०७९ फाल्गुन १४, आईतवार ०९:२५

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच घोचपेच हुनु स्वभाविक जस्तै मानिन्छ ।
ओलीले नेपाललाई अनेक आरोप लगाउँन, त्यसको प्रतिवाद गर्दै नेपालले पनि ओलीलाई विभिन्न आरोप लगाइदिन्छन् ।

यो श्रृङ्खला एमाले विभाजनदेखि तीब्र बन्दै आएको छ । तर, पछिल्लो समय सत्ता संकटमा हेलिदै गएको एमालेले नेपाललाई नरम व्यवहार प्रदर्शन गर्न थालेको छ ।

केपी ओली र माधव नेपाल पुराना राजनीतिक सहयात्री हुन् । एमालेमा लामो समय सँगै राजनीति गरेपछि छुट्टिएका उनीहरु पछिल्लो समय फेरि नजिकिन थालेका छन् ।

ओली माधवप्रति एमाले विभाजनपछि यतिधेरै आक्रोशित थिए कि, त्यसको कुनै सीमा नै थिएन भन्दा पनि फरक पर्दैनथ्यो । तर, सत्ता सहकार्य गर्न भन्दै वालकोट पुगेका प्रचण्डले दुई महिनामै राष्ट्रपति निर्वाचनमा आइपुग्दा धोका दिन थालेपछि ओलीले नेपाललाई सम्झिन थालेका छन् ।

ओलीले माधवको पार्टीलाई अवैध भन्दै अदालतसम्मै पुगे । निर्वाचन आयोगदेखि अदालतसम्म माधवको पार्टीलाई अवैध भनेका ओलीले राष्ट्रपतिमा एमाले वरिष्ठ उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएपछि औपचारिक रुपमै पत्र पठाएर माधवलाई नेकपा एसको अध्यक्ष स्वीकार गरेका छन् ।

माधव पनि ओलीलाई प्रतिगमनकारीदेखि राजावादी सम्मको आरोप लगाउदै आएका छन् । माधवले ओलीलाई संसदमै विभिन्न आरोप लगाएका थिए । संसद विघटनप्रति भडास पोख्दै माधवले ओलीलाई सच्चिन नमान्ने नेताको रुपमा अथ्र्याएका थिए ।

तिक्तता यतिसम्म बढेको जस्तो देखिन्थ्यो कि उनीहरु तत्काल बोल्न समेत मान्दैनन होला जस्तो देखिन्थ्यो । तर, राष्ट्रपति निवासमा तारन्तारका भेटवार्तापछि उनीहरु विस्तारै खुल्दै गए ।

शितल निवासमा सामान्य बोलचाल गरेका उनीहरु पछिल्लो समय राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा घण्टौं वार्ता छलफलमा जुटि सकेका छन् ।

लिखित प्रस्ताव र तत्कालीन नेकपा ब्यूँताउने सर्तमा राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका माधव ओलीले धोका दिन सक्छन भन्ने ठानेर कांग्रेसलाई नै राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्न कस्सिएका छन् । तर, ओलीले माधवलाई पत्र नै पठाएर नेम्वाङलाई राष्ट्रपतिमा मतदान गर्न अपिल गरेका छन् । माधवलाई ओलीले पहिलो पटक औपचारिक रुपमा पार्टी अध्यक्षको हैसियतमा सार्वजनिक सम्बोधन गरेर पत्र पठाएका छन् ।

पछिल्लो समय राष्ट्रपतिको निर्वाचनलाई लिएर नजिकिन थालेपनि उनीहरु फेरि दुई किनारा जस्तै बन्न पुगेका छन् । तर, सत्ता र शक्तिलाई नजिकबाट बुझेका ओलीले माधवलाई फकाउने रणनीति अख्तियार गरेसँगै कतै पूर्वएमालेहरु एकीकृत त हुँदैनन ? प्रश्न उब्जिएको छ । तर, माओवादी केन्द्रसहित कांग्रेसले माधवलाई प्रधानमन्त्रीको आश्वासन दिएकाले तत्कालै उनी पग्लिएलान ? यसको जवाफ समयक्रमसँगै मिल्नेछ ।

तर, माधवको पार्टीलाई नै अवैध भन्दै आएका ओलीले औैपचारिक रुपमा नेकपा एसलाई स्वीकार गरेपछि उनीहरु निकट भविष्यमा मिल्न सक्छन भन्ने संकेत भने देखा परेको छ ।

साभार – news24

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्यानको वार्षिक साधारणसभा आजदेखि सुर्खेतमा

२०७९ फाल्गुन १४, आईतवार ०९:२५
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु हुँदैछ । क्यानले पहिलो पटक कर्णाली प्रदेशमा साधारण सभा गर्न लागेको हो । आज आइतबार र सोमबार दुई दिनसम्म चल्ने साधारण सभामा वार्षिक कार्यक्रमका साथै बजेटदेखि विवादित नेपाल टी-२० लिगको विषयमा छलफल हुनेछ । गत […]