सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

उज्यालो रैबार   ।   २०८० बैशाख २२, शुक्रबार २०:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारमा भाग नलिने पनि निर्णय गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष रवि लामिछानेले रास्वपा उपनिर्वाचनको मतपरिणामअनुसार प्रतिपक्षमा बस्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा आउन आग्रह गरे पनि सरकारको कार्यशैली र गति हेर्दा सहभागी हुन नसकेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नक्कली शरणार्थी प्रकरणमा थप आरोपी खोज्दै प्रहरी

२०८० बैशाख २२, शुक्रबार २०:०२
काठमाडौं । प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ । पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा […]