जीप दुर्घटनामा ६ जनाको मृत्यु, एक वेपत्ता

उज्यालो रैबार   ।   २०७७ आश्विन २१, बुधबार २०:१९

सुर्खेत । जाजरकोटमा भएको जीप दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ । जुनिचाँदे गाउँपालिका ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित ६ जनाको जीप दुर्घटनामा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही गाउँपालिका ५ मटेलाका मालिका बस्नेत, कृष्णबहादुर शाही, ११ वडा नम्बरका कृतिबहादुर शाही र स्वास्थ्यकर्मी खेमबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वेपत्ता दुइ जना मध्य एक जनाको शव भेटिएको र उनको पहिचान भएको छैन् । घटनामा अर्का एक अझै वेपत्ता रहेको र उनको खोजीमा प्रहरी र स्थानीय खटिएका डिएसपी श्रेष्ठले बताए ।

जाजरकोट सदरमुकाम खलंगाबाट जुनिचाँदेको पराले जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाउँपालिका-१ स्थित औलभीरमा बुधबार दिउँसो दुर्घटना भएको हो ।

गम्भीर घाइते नरबहादुर बुढालाइ भने पालिकाकै गाडीमा थप उपचारको लागि सुर्खेत ल्याइएको डिएसपी श्रेष्ठले बताए । जीप सडकबाट अन्दाजी पाँचदेखि सात सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन् । घटना लगत्तै चालक गोरख बस्नेत भने फरार रहेको श्रेष्ठको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकारलाई एक हजार सर्जिकल माक्स सहयोग

२०७७ आश्विन २१, बुधबार २०:१९
सुर्खेत । कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य सुरक्षाका लागि सामाजिक विकास मन्त्रालयले कर्णालीमा क्रियाशील पत्रकारहरूलाई सर्जिकल माक्स सहयोग गरेको छ । बुधबार कर्णाली प्रदेशका १० वटै जिल्लाका पत्रकारहरूलाई एक हजार थान सर्जिकल माक्स सहयोग गरेको हो । सामाजिक विकास मन्त्रालयमा सामाजिक विकास सचिव लोकनाथ पौड्यालले नेपाल पत्रकार […]