लम्पी स्किन- गाईभैंसीमा इतिहासकै ठूलो महामारी

उज्यालो रैबार   ।   २०८० असार २८, बिहीबार १०:४३

काठमाडौँ । तीन वर्षअघिदेखि नेपालमा गाई(भैंसीहरुमा लम्पी स्किन रोग देखा परेको थियो । २०७७ असारमा मोरङको सुन्दर हरैंचा नगरपालिकाका गाईभैंसीमा देखा परेको यो रोगको संक्रमण अहिले मनाङबाहेकका सबै जिल्लामा फैलिएको छ । केही जिल्लामा नियन्त्रणबाहिर पुगेको छ । २५ हजार बढी पशुको मृत्यु र लाखौं पशु संक्रमित हुँदा रोग नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्न सकेको छैन ।

तीन वर्षअघि लम्पी स्किन रोगको संक्रमण देखिँदा पशु चिकित्सकहरुले गाईभैंसीमा महामारीकै रुप नलिने बताएका थिए । त्यसैले रोग नियन्त्रणका लागि सरकारको खासै ध्यान दिन नसक्दा मोरङबाट देखा परेको यो रोग संक्रमण देशैभरि नै फैलियो । यो संक्रमणबाट अहिलेसम्म २५ हजार बढी पशु मरिसकेका छन् भने ६ लाख ८२ हजार ८० संक्रमित भए । ती मध्ये साढे ४ लाख बढी पशु निको हुँदा साढे २ लाख पशु अझै संक्रमित छन् । संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले औषधिको ब्यवस्थासहित प्राविधिक टोली परिचालन गरेको पशु सेवा विभागले बताइरहेको छ ।

देशैभरि नै लम्पी स्किनको महामारीले किसानहरु चिन्तित छन् । सरकारले यो महामारीबाट क्षति भएका पशु चौपायाहरुको उचित क्षतिपूर्ति माग किसानहरु आन्दोलनमा उत्रिएका छन् । क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बुँदे माग राख्दै पीडित किसानहरुले ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमै पुगेर धर्ना दिएका छन् । तत्काल रोग नियन्त्रण गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न आफूहरुले सरकारलाई बाध्य बनाउने गरी आन्दोलनको कार्यक्रम सुरु गर्नुपरेको अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसालले बताइन् ।

पशु आफूहरुका लागि विमाको भुक्तानी गर्न पनि ढिलाइ भइरहेको किसानहरुको गुनासो छ । महामारीकै कारण कतिपय विभिन्न ठाउँमा विमा कम्पनीले पशुको वीमा गर्न पनि मानेका छैनन् । त्यसैले यो रोगको महामारीका कारण विस्थापित किसानहरुको पुर्नस्थापना र उनीहरुका लागि विमाको भुक्तानी गर्न पनि सरकारसँग किसानहरुले सरकारसँग माग गरेका छन् ।

रोग नियन्त्रणका लागि केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि प्रत्येक स्थानीय तहमा संघीय सशर्त अनुदानअन्तर्गत १ लाखका दरले रकमसमेत विनियोजन गरेको छ । मोरङको सुन्दर हरैंचाबाट देखिएको संक्रमणले देशैभरी नै महामारी रुपमा फैलिँदा पनि सरकार जिम्मेवार हुन नसक्नु दुर्भाग्यपूर्ण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गायक सुरज पण्डितको नयाँ गीत सिंहदरवार भाग दुई सार्वजनिक

२०८० असार २८, बिहीबार १०:४३
‘रेलको बाटो’ गीतबाट चर्चा कमाएका गायक सुरज पण्डितले नयाँ गीत सिंहदरवार दुई बजारमा सार्वजनिक गरेका छन् । गीतमा सुरजको आफ्नै शब्द, संगित, स्वर रहेको छ भने गीतको शब्द सुधार रोशन बुढथापाले गरेको छन, साथै एरेन्जर कमल सौराङको रहेको छ । त्यस्तै भिडियोमा सुरज पण्डित सँगै अस्मिता सुनार (जुरेली), हेमन्त कान्छा […]