नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध

उज्यालो रैबार   ।   २०८० श्रावण १४, आईतवार ११:१५

काठमाडौँ । नारायणगढ–मुग्लिङ सडक खण्ड आइतबार फेरि अवरुद्ध बनेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ९ बजेदेखि इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा लेदो सहितको पहिरो बस्दा सडक अवरुद्ध बनेको हो ।

सडक दुईतर्फी अवरोध भएसँगै इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी हटाउने पहल गरिरहेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१०औं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा गर्न दबाब

२०८० श्रावण १४, आईतवार ११:१५
सुर्खेत दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुँदैछ। यसका लागि २०८१ साल मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने मिति पनि तय भइसकेको छ। तर, समय नजिकिँदै जाँदा संघीय सरकारले भने यसमा कुनै चासो नदिएको गुनासो प्रदेशका खेलकुद विकास परिषद्हरूले गरेका छन्। पहिलोपटक राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर पाएको […]