भुकम्प पीडित महिलाहरुको लागि सांगीतिक साझ

उज्यालो रैबार   ।   २०८० मंसिर १४, बिहीबार २३:१०

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिटी हलमा भोली जाजरकोट भुकम्पबाट प्रभावित क्षेत्रका महिलाहरुको सहयोगार्थ सांगीतिक साँझ हुदै छ । भोली साँझ हुने सांगीतिक कार्यक्रमको श्री ज्योती फाउन्डेसनले आयोजना गरेको छ, उक्त कार्यक्रमको तयारी पनि पुरा भएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।कार्यक्रममा कलाकार तिलक सिंह पेला, शिशिर योगी र राज सिग्देल लगायतका अन्य कलाकारले प्रस्तुति गर्ने उक्त फाउन्डेसनले जनाएको छ । सांगीतिक साझमा दर्शकका लागि एक हजार र दुई हजारको टिकट वितरण गरिरहेको छ ।

भूकम्प प्रभावित महिला र बालबालिकाको पुनर्स्थापना र गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको फाउण्डेशनका अध्यक्ष ज्योती कटुवालले जानकारी दिएईन् । कार्यक्रम मार्फत कम्तीमा लक्ष्य १५ लाख सहयोग रकम जुट्ने अनुमान गरिएको छ । यसमध्ये आन्तरिक खर्च कम्तीमा ५ लाख अनुमान गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३४ औं राष्ट्रिय भलिबलको उपाधी पुलिसलाई

२०८० मंसिर १४, बिहीबार २३:१०
सुर्खेत । साविक विजेता नेपाल एपिएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको […]