फेरि सरकारले सुकुम्बासीलाई जग्गा बाड्ने, आयोगले काम थाल्यो

उज्यालो रैबार   ।   २०७७ कार्तिक २७, बिहीबार २०:३९

काठमाडौं,२७ कार्तिक । भूमीहिन, सुकुम्बासीलाई जग्गा बाँड्न नेपाल सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले काम शूरु गरेको छ ।
भूमीहिनलाई जग्गा वाड्न सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो ।
ज्ञवाली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहालकी भरतपुर महानगरपालिकाकी चुनावी प्रतिस्पर्धी हुन् ।
आयोगले पहिलो चरणमा देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्ये १ सय वटा स्थानीय तहमा आयोगको काम अगाडी बढाउने छ ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आयोगले काम गर्दा निम्नस्तरको वर्ग प्राथमिकतामा राख्न निर्देशन दिएकी छिन् ।

‘हामी एकदमै संवेदनशिल काम गर्न गइरहेका छौ । इतिहासले हामीलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ । हामी भाग्यमानी छौ की हामीलाई यो सुवर्ण अवसर मिलेको छ’, मन्त्री अर्यालले भनिन्, ‘यो आफन्त वा त्यो आफन्त नभनेर जो लक्षित वर्ग हो त्यसका निम्ती काम गर्नुस् । कसैलाई पनि विभेद नगरियोस ।’
आयोगले स्थानीयतहहरुसँग मिलेर काम अघि बढाउने छ । केही स्थानीयतहसँग आयोगले सम्झौता पनि गरिसकेको छ ।
एक टुक्रा पनि जमिन नभएका भूमिहिन, सुकुम्वासी वर्गलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाउन स्थानीय तहका जनप्रतिनिधिहरुलाई मन्त्री अर्यालको आग्रह छ ।
‘हामी एकदमै संवेदनशिल काम गर्न गइरहेका छौ । इतिहासले हामीलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ । हामी भाग्यमानी छौ की हामीलाई यो सुवर्ण अवसर मिलेको छ’, मन्त्री अर्यालले भनिन्, ‘यो आफन्त वा त्यो आफन्त नभनेर जो लक्षित वर्ग हो त्यसका निम्ती काम गर्नुस् । कसैलाई पनि विभेद नगरियोस ।’
भूमीहिनलाई जग्गा उपलब्ध गराउने महत्वपूर्ण जिम्मेवारी पुरा गर्नस्थानीय तहको ठूलो जिम्मेवारी रहने भन्दै मन्त्री अर्यालले आयोग र स्थानीय सरकारको समन्वय र सहकार्य बढी महत्वपूर्ण हुने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिक समाजका अगुवाहरुसँग कानुनी सचेतना

२०७७ कार्तिक २७, बिहीबार २०:३९
सुर्खेत,२८ कार्तिक । स्थानीय सिमान्तकृत समुदायका लागि नागरिक समाजका अगुवाहरुसँग कानुनी सचेतना तालिम सम्पन्न गरिएको छ । कर्णाली प्रदेशको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाको आर्थिक सहयोग तथा आवाज संस्था र दलित सेवा संघ सुर्खेतको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा दलित, महिला, जनजाति, अपाङ्गता र पिछडिएको वर्गबाट प्रतिनिधित्व गर्ने नागरिक […]