जुम्ला । चन्दनाथ आँखा अस्पताल जुम्लामा तिन दिने निःशुल्क आँखा अप्रेशन शिविर सुरु भएको छ । शिविरको पहिलो दिनमा तिन सय तिन जनाको आँखा जाँच सहित ९३ जनाको मोतियाबिन्दुको सफल सल्यक्रिया समेत भएको एकीकृत आँखा कान तथा स्वास्थ कार्यक्रम कि जिल्ला संयोजक मिना आचार्यले जानकारी दिनु भएको छ । उहाका अनुसार शिविरमा मोतियाबिन्दु बाट जटिल अवस्था भएका बिरामीले नि:शुल्क सेवा पाएका छन् ।
नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक, राप्ती आँखा अस्पताल तुलसिपुर दाङ र कर्णाली स्वास्थ प्रतिस्ठान जुम्लाको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्लाले शिविरको आयोजना गरेको हो ।
नेत्रविशेषज्ञ डा.सन्तोष सुबेदी नेतृत्वमा गएको प्राविधिक टोलिले सेवा दिइरहेकाे छ भने शिविर बिहीबार सम्म संंचालन हुने छ ।