आँखा शिविरको दोस्रो दिन : एक सय १६ जनाको अप्रेशन

उज्यालो रैबार   ।   २०८० बैशाख ६, बुधबार २३:१५

जुम्ला । चन्दनाथ आँखा अस्पताल जुम्लामा मंगलबारदेखि  तिन दिने निःशुल्क आँखा अप्रेशन शिविर संचालन भैरहेको छ । शिविरको दोस्रो  दिन बुधबार  दुई सय १३ जनाको आँखा जाँच सहित एक सय १६ जनाको मोतियाबिन्दुको सफल सल्यक्रिया समेत भएको छ  ।

शिविर सुरु भएको दुई दिनमा मात्र दुई सय ९ जनाको  अप्रेशन भएको एकीकृत आँखा कान तथा स्वास्थ कार्यक्रम कि जिल्ला संयोजक मिना आचार्यले  जानकारी दिनु भएको छ । उहाका अनुसार शिविरमा मोतियाबिन्दु बाट जटिल अवस्था भएका बिरामीले  नि:शुल्क सेवा पाएका छन् ।


नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक, राप्ती आँखा अस्पताल तुलसिपुर दाङ र कर्णाली स्वास्थ प्रतिस्ठान जुम्लाको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ चन्दननाथ  आँखा अस्पताल जुम्लाले शिविरको आयोजना गरेको हो ।

नेत्रविशेषज्ञ डा.सन्तोष सुबेदी र डा. विश्वराज तिमल्सिना  नेतृत्वमा गएको प्राविधिक टोलिले सेवा दिइरहेकाे छ भने शिविर बिहीबार सम्म संंचालन  हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्ला आँखा शिविरमा दुई सय ४१ जनाको अप्रेशन

२०८० बैशाख ६, बुधबार २३:१५
जुम्ला । चन्दनाथ आँखा अस्पताल जुम्लामा संचालन भएको निःशुल्क आँखा शिविरमा दुई सय ४१ जनाको मोतियाबिन्दुको सफल अप्रेशन भएको भएको छ । भने आठ सय २३ जनाको आँखा जाँच समेत भएको हो । तीन दिन सम्म संचालन भएको शिविरमा पहिलो दिनमा ९३, दोस्रो दिनमा एक सय १६ र तेस्रो दिनमा […]

सम्बन्धित समाचार