एसओएसले व्यवसायका लागि ४५ परिवारलाई दियो ५० हजार

उज्यालो रैबार   ।   २०७७ कार्तिक २२, शनिबार १९:३२


सुर्खेत, २२ कार्तिक । वीरेन्द्रनगर नगरपालिका–१ कोलडाँडाकी कोपिला विक नौ वर्षको हुँदा बुवाको मृत्यु भयो । चार कक्षामा पढ्दै गरेकी उनले कमाउनका लागि स्कुल छोड्नु प¥यो । उनीपछि दुई बहिनी थिए । बुवा बितेको दुई वर्षमै आमाले अर्को विवाह गरिन् । सानै उमेरमा उनीमाथि दुई बहिनीको पालनपोषण र शिक्षा–दीक्षाको जिम्मेवारी पनि आइलाग्यो ।
मजदुरी गरेर गुजारा चलाउँदै आएकी कोपिलालाई एसओएसले घुम्तीसँगै ५० हजार नगद दियो । ‘अब घर नजिकै घुम्ती पसल सञ्चालन गर्छु,’ उनले भनिन्, ‘दैनिकी चलाउन अब धेरै सहज हुने भयो ।’
एसओएसले कोपिलाका सात वर्षीया सपना र पाँच वर्षीया बहिनी पार्वतीलाई पढाउनका लागि पनि आर्थिक सहयोग गर्दै आइरहेको छ । बुवा बितेपछिका केही वर्ष कोपिलालाई धेरै संघर्ष गर्नु प¥यो । ‘दुई बहिनी हुर्काउन, खुवाउन र पढाउनका लागि मैले पढ्न छोडे,’ उनले भनिन्, ‘बहिनीहरु पढाउन खर्च पाउँदै आएकी थिएँ, अब व्यवसायका लागि पनि एसओएसबाट सहयोग पाएँ ।’
१९ वर्षअघि श्रीमानको मृत्यु भएपछि दुई छोरीको शिक्षा–दीक्षा र पालनपोषणको जिम्मा सुमित्रा नेपालीको काँधमा आयो । श्रीमान मजदुरी गर्थे। वीरेन्द्रनगर नगरपालिका–१ त्रिपुरेश्वरको ऐलानी जमिनमा टिनको छानो थियो । छोरीहरु साना थिए। श्रीमानको मृत्युपछि सुमित्राले पनि मजदुरी सुरु गरिन् । ‘काम पाइएको दिन चुल्होमा आगो बल्थ्यो, काम नपाएको दिन भोकभोकै पनि सुत्नुपर्ने हुन्थ्यो,’ उनले दुःखका दिन सुनाउँदै भनिन्, ‘धेरै छाक आफूले नखाएरै छोरीहरुको पेट भरेकी छु ।’
एसओएसले कोपिला र सुमित्रा जस्तै ५४ जनालाई कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको छ। कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत एसओएस बालग्राम अन्तर्गतको पारिवारिक सवलीकरण परियोजनामार्फत ४५ परिवारलाई ५० हजारका दरले सहयोग प्रदान गरिएको निर्देशक मुकुन्दकुमार गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ग्राहकको रोजाईमा आईएमइ लाईफ ईन्स्योरेन्स, वीमा गरेर बनाउनुहोस् भविष्य सुरक्षित

२०७७ कार्तिक २२, शनिबार १९:३२
सुर्खेत । पछिल्लो समय जीवन वीमा कम्पनीहरुबिच कडा प्रतिस्पर्धा भइरहेको छ । आआफ्नो कम्पनीमा वीमितको संख्या बढाउन कम्पनीका एजेण्टहरु मेहनतका साथ लागि परेका छन् । सबैजसो जीवन वीमा कम्पनीहरु आकर्षक कार्यक्रम सहित वीमितको घरदैलोमा पुग्ने गर्दछन् । तर ग्राहकहरु भने आफ्नै रोजाईमा परेको कम्पनीमा वीमा गर्ने गर्दछन् । यसैबिच पछिल्लो […]