मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी सवार ६ जनाकै मृत्यु

उज्यालो रैबार   ।   २०८० असार २६, मंगलवार १३:५५

काठमाडौं  मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। हेलिकोप्टरमा चालक दलका सदस्यसहित ६ जना सवार थिए। क्याप्टेनबाहेक पाँचजना मेक्सिकन नागरिक हुन्।

दुर्घटनास्थलबाट ६ जनाकै शव निकालिएको घटनास्थल पुगेका जीवन विकले अन्नपूर्णलाई जानकारी दिए। उनले भने,ुदुर्घटनास्थलबाट ६ जनाको शव भेटिएको छ। शव कता पठाउने भन्नेबारे छलफल भइरहेको छ।ु

हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए। हेलिकोप्टरमा मेक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक सवार थिए।

मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको ९ एनए( एमभी कल साइन नम्बर भएको हेलिकोप्टर लिखुपिके गाउँपालिका( ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

सुलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

२०८० असार २६, मंगलवार १३:५५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि […]