संसदमा आफ्ना सांसदहरु कम उपस्थित भएपछि रास्वपाले माग्यो माफी

उज्यालो रैबार   ।   २०८० जेष्ठ ९, मंगलवार १०:३१

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आफ्ना सांसदहरु कम उपस्थिति भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले माफी मागेको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकको अन्त्यसम्ममा आफ्ना पार्टीका २१ जनामध्ये संसदमा ६ जनामात्रै उपस्थित रहेकोमा रास्वपाले माफी मागेको हो ।

रास्वपाले फेसबुक पेजमार्फत माफी माग्दै भनेको छ– ‘रास्वपाका २१ जनामध्ये जम्मा ६ जना सांसदको मात्रै उपस्थिति भएको विषयलाई हामीले गम्भीर रूपमा लिएका छौं र यसका लागि आम जनसमुदायसँग क्षमा पनि माग्न चाहन्छौं । आगामी दिनमा यस्तो हुन नदिन हामी पार्टीभित्रै विधि र पद्धति विकास गर्न लागिपरेको व्यहोरा सम्बन्धित सबैमा अवगत समेत गराउन चाहन्छौं।’

११ बजेदेखि बेलुका ७ बजेसम्म चलेको सोमबारको संसद बैठकमा २२६ जना सांसदको हाजिर रहेको छ । तर, बैठकको अन्त्यसम्ममा जम्मा ३२ जना सांसदमात्र रहेका थिए ।

बैठकको अन्तिमसम्म रास्वपाका ६, नेपाली कांग्रेसका ९,
नेकपा एमालेका ७, नेकपा माओवादीका केन्द्र ५, नेकपा एकीकृत समाजवादीका १, अन्य २ र मन्त्री २ जना मात्रै रहेको रास्वपाले फेसबुकमार्फत जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कामीरिता शेर्पाले २८औँ पटक सगरमाथामा चढेर राखे नयाँ कीर्तिमान

२०८० जेष्ठ ९, मंगलवार १०:३१
काठमाडौँ । पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन् । आज बिहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान राखेका हुन् । यससँगै उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका छन् । यो वर्षको वसन्त ऋतुमा उनको […]