भारतमा कार चोरेर नेपालमा प्रयोग, नक्कली ब्लुबुकसहित चार जना पक्राउ

उज्याले रैबार   ।   २०७८ असार १५, मंगलवार १४:५२

१५ असार, काठमाडौं । भारतबाट कार चोरी गरेर ल्याएर नेपालमा बिक्री गर्ने गरेका पाइएको छ । चोरीमा संलग्न हुनेले नेपालमा नक्कली ब्लुबुकसमेत बनाएको भेटिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएसँगै भारतमा चोरिएका कार नेपालमा प्रयोग हुने गरेको खुलेको हो । प्रहरीले नक्कली ब्लूबुक बनाएको अभियोगमा थप दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिसकिएको छैन ।

कार्यालयका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार काठमाडौंको भीमसेनगोलामा रहेको एक पसलबाट नक्कली ब्लुबुक बनाउनेलाई पक्राउ गरिएको हो । उनी भन्छन्, ‘उनीहरुले विश्वविद्यालयका सर्टिफिकेटहरु पनि नक्कली बनाउने गरेको पाइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारी पक्षको दावी- राष्ट्रपतिको निर्णय स्वीकार्नु नै उत्तम निकास

२०७८ असार १५, मंगलवार १४:५२
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सरकारी पक्षले बहस गरिरहेको छ । संवैधानिक इजलासमा जारी सुनुवाइमा विपक्षीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको धारा ७६ ९५० को सरकारबारे निर्णय लिने अधिकार भएको दावी गरेका छन् । सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले ७६ ९५० अनुसार प्रधानमन्त्रीमा दावी गर्ने प्रतिनिधिसभा सदस्यको दावी पुगे नपुगेको हेर्ने […]

सम्बन्धित समाचार