जुम्लाको एक पसलमा आगलागी हुदा लाखौंको क्षति

गुड्डु प्रसाद न्यौपाने   ।   २०८० मंसिर ८, शुक्रबार ०८:५२

जुम्ला : जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ लुड्कुका गगन बहादुर बुढाको पसलमा गए राती आगजनी भएको छ ।
गाउँ नजिकैको जग्गामा चार कोठे काठको टहरामा बिगत केही बर्ष देखि बुढाका परिवारले पसल,होटल व्यवसाय गर्दै आएका थिए । आगजनीले पसलमा राखेको क १ प १६८१ नम्बरको २ सय २० सिसिको पल्सर बाइक पुण रुपमा जलेर नस्ट भएको छ भने अन्य १५ लाख बढिको सामान क्षति भएको बुढाले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेस बहादुर चनका अनुसार अहिले सम्म के -कसरी, कसले, किन आगलागी भयो, गर्यो भन्ने कुरा थाहा नभएको र त्यसमा प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कनकासुन्दरीमा बञ्चरो प्रहारबाट एक महिलाको हत्या

२०८० मंसिर ८, शुक्रबार ०८:५२
जुम्ला : जुम्लाको कनकासुन्दरीमा बञ्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ । कनकासुन्दरी गाउँपालिका ३ ओखरपाटकी अन्दाजी ३५ बर्षकी अमृता बुढाको हत्या गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्द्धका अनुसार प्रारम्भिक अनुसन्धानमा सोही गाउँका श्यामबहादुर बुढाले बञ्चरो प्रहार गरेर ति महिलाको अन्दाजी शुक्रवार आजै […]