नेपालले युएईलाई ३ विकेटले पराजित गर्यो

उज्यालो रैबार   ।   २०८० श्रावण ३, बुधबार २०:१४

काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स ९युएई०लाई ३ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको थियो । नेपालले युएईको चुनौती २३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।

श्रीलङ्काको कोलोम्बोस्थितपी सारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए । उनी ७१ रन बनाएर आउट भए । रोहित पौडेलले ९, गुल्सन झाले ११, सन्दीप जोराले २४ र देव खनालले २४ रन बनाए । ओपनर अर्जुन साउद शून्य रनमा आउट हुँदा पवन सराफ पनि शुन्य रनमै आउट भए ।

पहिले ब्याटिङ गरेको युएईका लागि लभप्रित सिंहले ८२ बलमा छ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए । त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले छ विकेट लिए भने श्याम ढकालले दुई विकेट झारे । त्यस्तै कुशल मल्ल र पवन सर्राफले समान १÷१ विकेट लिए । समूह बी मा रहेको नेपालको आज समूहचरणको आफनो अन्तिम खेल हो । नेपाल र युएई समूह चरणबाट बाहिरीइ सकेका छन् । आजको खेल प्रतिस्ठाको लागि मात्रै हो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज मेघ गर्जन र चट्याङसहित भारी वर्षा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा

२०८० श्रावण ३, बुधबार २०:१४
काठमाडौं – आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। आइतबार राति देशभर आंशिकदेखि […]