एमसीसीमा समर्थन गर्नेहरु राष्ट्रिय गद्दार हुन् : भीम रावल

उज्यालो रैबार   ।   २०७८ फाल्गुन १५, आईतवार १६:१८

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले एमसीसी राष्ट्रघाती भएको भन्दै यसलाई संसद्‍बाट पास गर्न नहुने भन्दै आपत्ति जनाएका छन् । एमसीसीले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्ने भन्दै यसलाई पास गर्न नहुने उनको जिकिर छ ।

राष्ट्रिय स्वाधिनताका गम्भीर विषयलाई संसद्‍मा चलेको होहल्लाका बीच छलफलमा लैजान पनि नहुने उनको बताएका छन् । आइतबार संसद्‍ बैठकमा नेता रावलले यस्तो बताएका हुन् । ‘एमसीसीलाई संसद्‍मा पेस गर्नु नै देशको अपमान हो । देश र जनताप्रति धोका हो । यसमा जजसले समर्थन गर्छन् उनीहरू राष्ट्रिय गद्दार हुनेछन्’ नेता रावलले भने ।एमसीसी राष्ट्रघाती भएको भन्दै एमसीसी सम्झौतालाई संसद्‍बाट अस्वीकार गरियोस् भनी उनले सबै समक्ष आह्वान समेत गरेका थिए । एमसीसी लागू भएमा नेपालले अमेरिकी कानुन मान्नुपर्ने भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा पनि आघात पुग्ने उनको तर्क थियो । नेता रावलले एमसीसीमा रहेका कतिपय प्रावधानप्रति आपत्ति जनाउँदै आएका छन् । त्यसले नेपालको स्वाधिनता हनन् गर्दै नेपाललाई उपनिवेशको बाटोमा धकेलेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसिसीको एकतर्फी व्याख्यात्मक घोषणाको अर्थ छैन : झलनाथ खनाल

२०७८ फाल्गुन १५, आईतवार १६:१८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता नेपाली जनताले मान्न बाध्य नभएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको आइबार बसेको बैठकमा भाग लिदै एमसिसीका असमान प्रावधान रहेको टिप्पणी नेपालले कसैको सरक्षा छाता ओड्न बाध्य नभएको उनले टिप्पणी गरे । ‘एमसिसी सम्झौतामा एक बुँदामा […]