अमेरिकी सहायक विदेशी मन्त्री भोलि काठमाडौं आउँदै

उज्यालो रैबार   ।   २०८० असार २८, बिहीबार २०:५१

काठमाडौं – दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लु भोलि ९शुक्रबार० नेपाल आउँदैछन्। उनी भारत हुँदै काठमाडौं आउने भएका हुन्।

सरकारले संसदबाट पास भइसकेको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अगस्टदेखि पूर्ण कार्यान्यवन गर्ने बताउँदै आएको छ। सोही विषयमा छलफल गर्न डोनाल्ड लु काठमाडौं आउन लागेका हुन्। नेपालमा रहँदा उनले एमसीसीका विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ।

त्यस्तै उनले परराष्ट्र मन्त्रालयका अधिकारीहरू र राजनीतिक दलका नेता तथा मन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। उनी भोलि नै फर्किने कार्यक्रम छ।

नेपालमा डोनाल्ड लुको यो तेस्रो भ्रमण हो। यसअघि उनी १२ मंसिर २०७९ र १ मंसिर २०७८ मा नेपाल भ्रमणमा आएका थिए। त्यसबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए।

उनले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुका साथै एमसीसी परियोजनाका विषयमा छलफल गरेका थिए।

नेपालमा एमसीसी र एसपीपी लागू गर्ने विषयमा चर्को बहस चलिरहेका बेला उनले नेपाल भ्रमण गरेका थिए। उनको भ्रमणलाई राजनीतकरूपले अर्थपूर्ण मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका प्रहरी हिरासतमा पुस्तकालय स्थापना हुँदै

२०८० असार २८, बिहीबार २०:५१
सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका १४ वटा हिरासतमा पुस्तकालय स्थापना गरिने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरू गरेको ‘कारागारलाई किताब’ अभियान अन्तर्गत १० जिल्लाका जिल्ला प्रहरी कार्यालयसहित १४ वटा मुद्दा चल्ने प्रहरी कार्यालयमा १५ दिनभित्रमा पुस्तकालय स्थापना गर्न लागिएको हो ।   कर्णाली प्रदेश प्रहरी कार्यालयका […]

सम्बन्धित समाचार