कर्णालीका प्रहरी हिरासतमा पुस्तकालय स्थापना हुँदै

उज्यालो रैबार   ।   २०८० असार २९, शुक्रबार १३:००

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका १४ वटा हिरासतमा पुस्तकालय स्थापना गरिने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरू गरेको ‘कारागारलाई किताब’ अभियान अन्तर्गत १० जिल्लाका जिल्ला प्रहरी कार्यालयसहित १४ वटा मुद्दा चल्ने प्रहरी कार्यालयमा १५ दिनभित्रमा पुस्तकालय स्थापना गर्न लागिएको हो ।

 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भिमप्र्रसाद ढकालले १५ दिनभित्र हरेक प्रहरी हिरासतमा पुस्तकालय स्थापनाका लागि परिपत्र जारि गरिएको बताए । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरुमा सकारात्मक सोचको विकास गर्ने उद्दश्यका साथ हिरासतमा पनि पुस्तकालय स्थापना गर्न लागिएको ढकालले बताए ।

पुस्तकालयमा विभिन्न व्यक्तिका जीवन संघर्ष, साहित्य, कथा, कविता, जेल जीवन, राजनीतिक विचार, सिद्धान्त, व्यवसायिक सीप, उत्प्रेरणा, सकरात्मक सोचका विषयमा लेखिएका पुस्तकहरु रहने ढकालको भनाई छ । विहीबार प्रदेश प्रहरी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै प्रहरी प्रमुख ढकालले कारागार पुस्तकालयबाट प्रभावित भएर हिरासतमा पुस्तकालय स्थापना गर्न लागेको बताए ।

अभियानलाई प्रभावकारी बनाउन सञ्चारकर्मी, नागारिक समाज, सरकारी तथा गैर सरकारी संघसंस्थाको अहम भुमिका रहने उल्लेख गर्दै पुस्तकालयका लागि आवश्यक पर्ने पुस्तकहरु संकलनमा सबैको हातेमालोको अपेक्षा गरेको उनको भनाई थियो ।

कारागार पुस्तक अभियान २३ चैत्र २०७५ मा साहित्यकारसमेत रहेका तत्कालिन प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहको संयोजकत्वमा सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आफ्नै नातीको कुटपिट गरी हत्या गरेको अभियोगमा हजुरबुवा पक्राउ

२०८० असार २९, शुक्रबार १३:००
बैतडी –आफ्नै नाती दुई वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका(६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले रेशम र अर्का ८ वर्षीय नाती रिजन साउँदलाई कुटपिट गर्दा गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका छ। घाइते रिजनलाई सोही अस्पताल हुँदै […]