एमसिसीको एकतर्फी व्याख्यात्मक घोषणाको अर्थ छैन : झलनाथ खनाल

उज्यालो रैबार   ।   २०७८ फाल्गुन १५, आईतवार १६:२४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता नेपाली जनताले मान्न बाध्य नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको आइबार बसेको बैठकमा भाग लिदै एमसिसीका असमान प्रावधान रहेको टिप्पणी नेपालले कसैको सरक्षा छाता ओड्न बाध्य नभएको उनले टिप्पणी गरे ।

‘एमसिसी सम्झौतामा एक बुँदामा मात्र होइन धेरै बुँदामा नेपालको राष्ट्रियहित प्रावधान छ’, एमसिसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालले भने, ‘राष्ट्रियतासँग जोडिएको गम्भिर विषयमा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्छ ।’

प्रधानमन्त्रीले राष्ट्रिय सहमति जुटाउन नसके उनको असक्षमता हुने टिप्पणी गरे । खनालले सुरुदेखिका सरकारले गरेको पत्रचार र सम्झौता सदनसामु जस्ताको तस्तै प्रस्तुत गर्नुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसिसी अमेरिकाको गुलियो षड्यन्त्रमा नफसौं : प्रेम सुवाल

२०७८ फाल्गुन १५, आईतवार १६:२४
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता प्रेम सुवालले अमेरिकी सहयोग परियोजना एमसिसी आइपिएसको अंग भएकाले लागू हुन नसक्ने बताएका छन् । आइबार एमसिसी सम्झौता छलफलबारे संसद्मा भाग लिँदै उनले साम्राज्यवादी शक्तिहरूले एमसिसीको नाममा स्वार्थ लाद्न खोजिएको आरोप लगाए । एमसिसी सम्झौता आइपिएसकै अंग भएको स्वयम अमेरिकी अधिकारीले […]