मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको जुमा लगेर थुनिदिन्छौं -गृहमन्त्री

ujyaalo raibar   ।   २०७७ माघ २३, शुक्रबार १४:२१

गृहमन्त्री रामबहादुर थापाले ओली सरकारविरूद्ध ‘मांसाहारी’ आन्दोलन गरे त्यस्तो आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर थुनिदिने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।

केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले सरकारविरूद्ध मांसाहारी आन्दोलन गर्नुपर्ने बताएका थिए।

‘उहाँहरूले मांसाहारी आन्दोलन गर्ने भन्नुभएको छ। त्यस्तो आन्दोलनलाई हाम्रो संविधानले अपराध मान्छ। त्यस्तो अपराध गर्नेलाई हामी जावलाखेलको जुमा लगेर थुनिदिन्छौं,’ थापाले भने।

थापाले राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षलाई अपदस्त गर्ने षडयन्त्र भएकाले अहिलेको अवस्था आएको बताए। उनले मांसाहारी आन्दोलनबाट सचेत रहन पनि जनतालाई आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फागुन १५ गते प्रधानमन्त्री ओली सुर्खेत आउँदै

२०७७ माघ २३, शुक्रबार १४:२१
 सुर्खेत । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली सुर्खेत आउने भएका छन् । पार्टीको कर्णाली प्रदेश कमिटीले आयोजना गर्ने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्न उनी सुर्खेत आउने भएका हुन् । आगामी फागुन १५ गते सुर्खेतको वीरेन्द्रनगरमा जनसभा गर्ने र उक्त सभालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने टुङ्गो […]

सम्बन्धित समाचार