ओलीको बहिगर्मन आवेक या आवश्यक

पृथ्वी न्यौपाने   ।   २०७७ मंसिर १३, शनिबार १२:३३

राजनीति विचार, सिद्धान्त, नीति, कार्यक्रम र कार्ययोजना सहित दुरदृष्टिको प्रवाह हो । राजनीति राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र स्वबलम्बनको प्रतिक हो । राजनीतिवाद, प्रतिवाद र संवाद पश्चात एकता र सहकार्य संस्कृतिको विकास अनि मुलुकका हरेक गतिविधिहरुको प्रतिविम्ब पनि हो । व्यवहारिक रुपमा राजनीति भनेको मिस्त्रीका हातमा काठ प¥यो भने उसले भविष्यमा समेत काम लाग्ने गरी सुन्दर आकर्षक कलात्मक बस्नु बनाउँछ भने त्यही काठ दाउराकको हातमा प¥यो भने चुलोमा पुगेर खरानी बन्छ । राजनीतिक सन्दर्भमा गरुड पुराणमा उल्लेखित एउटा श्लोक सान्दर्भिक देखिन्छ, जसमा भनिएको छ ।
‘त्यजेदेंक कुल स्यार्थे ग्रामर्थे च कुलङ तेजेत्
ग्रांम जनपदस्थार्थे, आत्मार्थे पृथिवि त्येजेत्’
अर्थात कुलको हितका लागि आफ्नो हित त्यागे गाउँको हितका लागि कुलको हित त्याग, देशको हितको लागि गाउँको हित त्याग र आत्म गौरबका लागि संसारै त्याग्न पनि तयार होऊ ।
नेपालको राजनीति विशेषगरी राज्य सञ्चालन परिपाटीमा यो र यस्ता नीति र आचरण अबलम्बन गरिएका छन् या छैनन् सबैका सामु छर्लङ्गै छ । नेपालको राज्य सञ्चालनको महत्वपूर्ण जिम्मेवारी समाली मुलुकको र शक्तिशाली सरकारको प्रधानमन्त्री उक्त सम्मानित र जिम्मेवारी पदमा आसिन हुन लायक छन् या छैनन ? प्रधानमन्त्री केपी ओलीको बहिर्गमन आवेग या आवश्यक भन्ने सवालमा उनी र उनको कार्यशैलीसँग प्रत्यक्ष जोडिएका अत्यन्त महत्वपूर्ण र संवेदनशील परिघटनाहरुले जनाउने छन् ।
१. फिक्का राष्ट्रवाद÷बेलुने राष्ट्रवाद
२. भ्रष्टचारका लागि सुन्य सहनशीलता
३. समाजवादका लागि आधार तयार पार्न नसक्नु
४. संविधानको कार्यान्वयन गर्न गराउन असफल
५. राज्य, जनता र दल प्रति अनुत्तरदायी
६. भजनमण्डली र ताण्डव नृत्य÷अतिमृतवादको शिकार
७. जनभावनासँग खेलवाड गर्नु
८. आफूआफै प्रति विश्वस्त हुन नसक्नु
९. साघुबिरालो चरित्र र विग्रेको मानसिकता
१०. नैतिकताको सवाल
नेपालको राजनीतिक इतिहासमा शक्तिशाली पार्टीको नेता र शक्तिशाली सरकारको नेतृत्व प्राप्त गरी राज्य सञ्चालनको समेत जिम्मेवारी प्राप्त गरेका के पी ओलीलाई नेपालको राजनीतिक इतिहासले एक पटक राजनेता बन्न सक्ने स्वर्णिम अवसर उपलब्ध गराइयोस् । उदाउदो राष्ट्रवादको छवीको प्रभाव परिसकेका ओलीलाई माओ पार्टी र जनताको साथ, समर्थन र सहयोग हुँदाहुँदै सहमति सहकार्य संस्कृतिको विकास गरी स्वाधिन र सम्मुलन मुलक निर्माण गर्न सकिने अवसर हुँदाहुँदै कृतनमण्डलीको कोपाभाजमा परी सकुनी मण्डलीको घेरा तोड्न नसकी राजनेता हुन सकिने स्वर्णिम अवसरबाट के पी ओली बञ्चित भइसके । मञ्च उपयोग गर्दा खरो राष्ट्रवादीको वा बटुली भारतद्धारा अतिक्रमति लिपुलेख, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटी नेपालको राजनैतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्ने अदम्भ्य साहसीलो निर्णयले नेपाली जनताको ह्रदयमा राज गर्न सफल र दोस्रो भिमसेन थापाको दर्जा प्राप्त गरेका ओली समय घर्किदै जाँदा फिक्का राष्ट्रवादी अभिव्यक्ति र साधुबिरालो चरित्रका कारण उनको राष्ट्रवादी छवी कर्कलाको पात माथिको शीतको थोपा बन्न पुग्यो । नेपाल र भारतबीच सिमाना र भुभागका सवालमा कित्ताकाट गरिएको भनिदै आएको सन् १८१६ को सुगौली सन्धीलाई नै नेपाल र वेलायत सरकार बीच भएको सनु १९२३ को सन्धी र नेपाल भारत बीच भएको सन् १९५० को सन्धीले समेत खारेज गरीदिएको स्पष्ट हुँदाहुँदै पनि भारतका समकक्षीयता सार्वभौमिकताको समदुरी कायम गर्न नसकी भारत शीताको थोपामाथि सूर्यको किरण बनिदियो । पार्टीको साथ, सहयोग र समर्थनमा सामुहिक निर्णय गर्दा ओली भिमसेन थापा बन्न थालिसकेका थिए तर उनको एकाङ्की महत्वकांक्षा र विग्रेको मानसिकताले ओलीको राष्ट्रवादलाई तासको महल बनाईदियो ।
निश्चित राजनैतिक भौगोलिक सीमाभित्र राज्यको न जात हुन्छ न धर्म, न आफ्नो न पराई सबका सब समान यो राजनीति शास्त्र भित्रको सास्वत सर्वस्वीकार्य मान्यता हो तर यहाँ यी सब मान्यता रद्दीकोे टोकरीमा मिल्काई अतिभुतवादी चिन्तन र चरित्र विकास गरी भजनमण्डलीको किर्तनमा बालुवाटारबाट ताण्डव नृत्यको दृश्योद्घाटनाको अभ्यास गरिदै छ । नाता दाता र कमिशनका आधारमा आयुक्त राजदुत माहप्रबन्धक लगाएर, उच्च पदस्थ सरकारी लाभका नियुक्तीहरु किर्तनमण्डली प्रभावका ज्वलन्त उदारहण हुन् । किर्तनमण्डलीको माया जालबाट उम्कन नसकी जनता र पार्टीसँग सम्बन्ध तोड्न सक्ने बाटोतर्फ उन्मुख ओली महाभारतका धृतराष्ट्रको पुत्रमोहले आफ्नो सारा वंशनाश गरेझैँ सर्वविनासको बाटोतर्फ उन्मुख हुँदैछन् ।
जनतको लामो त्याग, तपस्या र बलीदानीको जगमा स्थापित राष्ट्रपति कार्यालय जस्तो गरिमामय संस्थालाई आफ्नो निहित अभिष्ट पुरागर्ने माध्यम बनाउन खोज्नु त्यो जस्तो अनैतिक, अज्ञानी र महाभुल अरु कुनै हुन सक्दैन र त्यो गरिमामय संस्थालाई हलुका ढंगले प्रयोग गरी विवादित गराएर हिलोछ्याप्ने दुरकर्म कहाचित गरिनु हुँदैन तर पिछलग्गु बनाइन खोजिदैछ गरिमामय संस्था स्वंम सजग रहनै पर्छ ।
नेपाली जनता त्यागी, जुझारु र बलीदानी भावनाले ओतप्रोत भई राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको रक्षाका लागि र मुलुकको आमूल परिवर्तन र रुपान्तरणका लागि जस्तो सुकै मूल्य चुकाउन पनि तयार छन् तर राष्ट्रिय राजनीतिले सत्तारोहण गरीसकेपछि यो कुरा कहिल्यै बुझेन र बुझ्न पनि चाहेन र त्यसको दुश्परिणाम एकताको ठाउँ विभाजनले उज्यालोको ठाउँ अँध्यारोले रुपान्तरणको ठाउँ यथास्थितिले ओगटिरहेको छ । यस्ता प्रवृत्तिका जन्जोर भत्कार्य जनभावनाको उच्चकदर गरी राष्ट्रियता र सार्वभौमिकताको रक्षा र जनजिविकाको सवालमा राष्ट्रिय एकता कायम गर्नुपर्ने संगिनभाडोमा प्रधानमन्त्री ओली आफू र आफ्नालाई शक्तिशाली बनाउन र उनीहरुको राजनीतिक भविष्य अनिश्चित गराउन मै उद्धत देखिन्छन् । जहाँ राज्य र जनता सम्पन्न भई बलिया हुन्छन् त्यहाँ स्वत सरकारको नेतृत्व सफल र बलीयो हुन्छ ।
राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकताको र जनजिविकाको बृहत्तर दिनलाई ध्यान दिई आ–आफ्ना बेग्ला बेग्लै सिद्धान्त, दर्शन, नीति र कार्ययोजनालाई धितो राखेर जनआकांक्षाको बलमा नेपाल कम्युनिष्ट पार्टीको निर्माण भएको हो । जनताका आशा भरोसालाई कुल्चेर कोही कसैको निहित अभिष्ट पुरा गर्न र गर्न चाहनु र त्यही बाटोमा उद्धत हनका लागि नेपाली जनताले जनादेश अवस्था दिएका होइनन् । जनताको जनादेश विपरित किर्तनमण्डलीको घेराभित्र के पी ओली रमाइरहेका छन् । पार्टीले गरेको संस्थागत निर्णयले सरकारलाई असहयोग होइन सहयोग हुन्छ । लिपुलेख लिम्पियाधुरा र कालापानीको सवालमा पार्टीको एकमतको निर्णयले ओली सरकारको राष्ट्रवादीहरुमा बढोत्तरी गराएकै थियो तर गुठी विधेयक मिडिया विधेयक र दलदर्ता सम्बन्धी विद्येयक पार्टीको सल्लाह विना स्वेच्छा चारी ढंगले अगाडि बढ्न खोज्दा सरकारको हाविगत के भयो जगगाहेर नै छ ।
के पी ओलीको चरित्र र कार्यशैलीलाई सुक्ष्म ढंगले मुल्याङ्कन गर्ने हो भने उनी देश र जनताप्रति पटक्कै उत्तरदायी छैनन् । ओलीलाई जनबलबाट प्राप्त संविधान, गणतन्त्र र संधीयताप्रति त झन नफरत छ । यो संविधान र प्राप्त उपलब्धी प्रति उनको न माया छ न लगाव नै । संविधानसभा, गणतन्त्र, संधियता, समावेशीता, आमूल परिवर्तन र रुपान्तरण न ओलीको एजेण्डा थिए न बन्न सके परन्तु ओली जवरजस्त गणतन्त्रवादी र मसिहा बन्न पुगेका छन् । उनका लागि यो सब उपलब्धी ‘अण्डा पार्ने कोइली आमा बन्ने काग’ भनेजस्तै हुन् ।
एकातिर संविधानको सफल कार्यन्वयन हुन सकिरहेको छैन भने अर्कातिर जनताको दैनदैनिकी निराश र खराब बन्दैछ । जनतालाई बाँडिएका सपना हराउँदैछन् । एकातिर कोरोना महामारीले मुलुक जल्दै छ सरकार जनतालाई उपचार गर्न सक्दैन भनेर उम्किदैछ भने अर्कातिर राष्ट्रियता र स्वाधिनताका सवालका फिक्का, पातला र झिल्ली सतही क्रियाकलाप, जनताको जीवनस्तरको प्रगतीको स्थिति के छ ? विकास र समृद्धिको यात्रा कहाँसम्म पुग्यो ? आर्थिक कार्यालयको रामवाण सम्झी न्वारन देखिको बल लगाएर MCC पारित गरि छाड्ने सारङ्गी रेट्ने धुन कता विलायो ? भ्रष्टचार विरुद्धको सून्य सहनशीलता कता हरायो ? महाकाली सन्धी गर्दा महाकाली नदीको मुहान किटान गर्न नसक्ने लिपुलेख, लिम्पियाधुरा र कालापानीको मुद्दा र भारतलाई पठाइएको नौरङ्गी विन्ति पत्रको सवाल कहाँ सेलायो ? महाशय यो र यस्ता थुप्रै अनगिन्ति सवालहरु नैतिकताको कोटी भित्र पर्छन की पर्दैनन ? एउटा नैकिकवानका लागि एउटा सानो त्रुटीले उसको नैतिकतालाई भारी बनाउँछ भने ओलीका लागि यी र यस्ता क्रियाकलापहरु नैतिकताको सवालमा फलामको चिउरा बनीसके ।
अतिभुतवादको शिका बनिसकेका के पी ओलीलाइ न पार्टी न जनता नत राष्ट्र कसैप्रति मतलब छैन । शक्ति र सत्ताको उन्मादलाई ओली सर्वसत्तावादी बाटो तर्फ उन्मुख हुँदैछन् । पार्टी, जनता र मुलुकलाई ढाट्ने, ठग्ने, हुलका र फिक्का उखान टुक्का र भाषण गर्ने के पी ओलीलाई पार्टीको नेतृत्व साथै राज्य सञ्चालनको पवित्र पद र कुर्सीमा आशिन भइ राख्न शोभा दिदैन र यो मर्यादा भित्र पनि पर्दैन । अब ढिलो नगरी देश, जनता र पार्टीको नेतृत्व र कम्युनिष्ट आन्दोलनलाई थप उर्जाशील बनाउने के पी ओलीलाई सरकार र पार्टी दुबैको नेतृत्वबाट च्यूत गरिनुपर्छ अनीमात्र सर्बजन दिताय ः सर्वजन शुखाय हुनेछ ।

पृथ्वी न्यौपाने
राजनीतिक विश्लेषक एवं वाम वुद्धिजिवी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिटी बसपार्क आजदेखि  सञ्चालनमा (भिडियो सहित)

२०७७ मंसिर १३, शनिबार १२:३३
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी बसपार्क आजदेखि  सञ्चालनमा आएको छ । बसपार्कमा यात्रुहरुलाई आवज–जावज गर्ने वातावरण सहज गराउँनको लागि पार्क भित्र सिसिटिभी जडान, सुरक्षा पोष्ट, ट्रार्फिक सिंगल, साइन, यात्रु चढ्ने वा झर्ने ठाउँ निश्चित, यातायात कार्यलयका कर्मचारीले परिचय–पत्र तथा जर्सीको अनिवार्य प्रयोग गर्ने जस्ता नियमहरु लागु हुने […]