संवैधानिक इजलास शुरु, सरकार पक्षबाट महान्यायाधिवक्ता पाण्डेयलाई २ घण्टा समय

उज्याले रैबार   ।   २०७८ असार १५, मंगलवार १४:४१

काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाई जारी छ । मंगलबार सरकार पक्षबाट नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले बहस शुरु गरेका छन् । उनलाई २ घण्टा समय छुट्याइएको छ ।

सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले सोमबार ३ घण्टा २० मिनेट बहस गरेका थिए । कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट बहस सकिएको थियो ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज राष्ट्रिय धान दिवस मनाइँदै

२०७८ असार १५, मंगलवार १४:४१
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने […]