सुर्खेतमा जारी महोत्सव पुन संचालन

उज्यालो रैबार   ।   २०७९ माघ २२, आईतवार १४:०१

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा जारी दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ पुनः संचालन भएको छ । शनिबार राती स्टलमा चोरी भएको भन्ने व्यापारीले गुनासो गरेपछि आइतबार विहान महोत्सव स्थगित भएको थियो ।

व्यापारी र आयोजकबीच भएको सहमती अनुसार महोत्सव संचालन गर्ने र चोरी भएको भन्नेबारे अनुसन्धान गर्ने सहमतीमा मौसम पुनः सुचारु भएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले विज्ञप्ति निकाल्दै पुनः संचालन भएको जनाएको छ । महोत्सव सुचारु हुने भएसंगै आज चर्चित गायिका मेलीना राईको प्रस्तुती रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रास्वपाका मन्त्रीहरूले दिए राजीनामा

२०७९ माघ २२, आईतवार १४:०१
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का तीन जना मन्त्रीले राजीनामा दिएका छन्।  आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाका तीन जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्।  मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले […]

सम्बन्धित समाचार