सुटुक्क समाचार लेख, २५ हजार लैजाउ

ujyaaloraibar   ।   २०७८ असार २०, आईतवार १७:१९

सुर्खेत । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेशले असार मसान्तमा पत्रकार रिजाउन समाचार लेखे वापत २५ हजार रकम दिने भएको छ । मुख्यमन्त्री कार्यालयद्धारा संचालित विभिन्न कार्यक्रमको सकारात्मक समाचार लेखिदिए वापत कर्णालीका ११ जना पत्रकारलाई नगद २५ हजारका दरले रकम दिने अफर ल्याएको हो ।
जसमा सुर्खेतमा बसेर पत्रकारिता गर्दै आएका ९, रुकुमपश्चिम १ र कालिकोटमा बसेर पत्रकारिता गर्ने १ जनालाई कार्यक्रमको कथा लेखे वापत प्रति कथाको २५ हजार भुत्तानी दिने निर्णय गरिएको छ ।

मुख्यमन्त्री कार्यालयले मापदण्डविनै सुटुक्क समाचार लेखे वापत रकम दिने निर्णय गरेपछि विधि र पद्धतिबारे कर्णालीका क्रियाशिल पत्रकारले प्रश्न उठाएका छन् । ‘समाचार लेखे वापत पत्रकारलाई रकम दिने निर्णयप्रति हाम्रो आपत्ती होइन । तर पत्रकार छनोटको आधार, मापदण्ड र विधि सही हुनु परेन रु’ एक पत्रकारले भने ‘सुुटुक्कै पत्रकार छनोट गरी समाचर लेखे वापत रकम बाँड्ने निर्णय ठिक होइन ।’

यता विना जानकारी आफुलाई समाचार लेखे वापत रकम दिने निर्णय गरेकोप्रति आपत्ती जनाउँदै छनोटमा परेका पत्रकार नगेन्द्र उपाध्याय र शेरबहादुर थापाले प्रस्ताव अस्विकार गरेका छन् । भने धेरै क्रियाशिल पत्रकारले सुटुक्क गरेको निर्णय ठिक नभएको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी गरिरहेका छन् ।
असार मसान्त सकिनै लाग्दा २० गते आइतबार मात्रै समाचार लेखेर पैंसा लिन भन्दै मुख्यमन्त्री कार्यालयबाट ११ जना पत्रकारलाई इमेल आएको हो । विभिन्न वाहाना गर्दै अन्य समयमा थप्प पारिएका विकास काम असार मसान्तमा धमाधम भइरहेका छन् ।

असारे विकास र पत्रकारलाई २५ हजारको अफरबारे नागरिक स्तरबाट पनि आलोचना भइरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको  ocmcmkarnali@gmail.com  मेलबाट ११ जना पत्रकारको ईमेलमा पठाइएको छ ।

तर कार्यालयका कानून सचिव शंकरबहादुर केसीले यो विषयमा थाहा नभएको प्रतिक्रिया दिए । ‘कुनै मापदण्डविना एक्काशी कसैलाई रकम बाड्न त मिल्दैन्, तर कुनै कार्यविधि वा मापदण्डमा रहेर काम गर्नुपर्छ,’ सचिव केसीले भने, ‘यस बारेमा बुझेपछि मात्रै यथार्थ जानकारी तपाईलाई दिनसक्छु ।’  नेपाली रैबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस दैलेखका पूर्व पार्टी सभापति थापाकाे निधन

२०७८ असार २०, आईतवार १७:१९
सुर्खेत । नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण सोमबार थापाको निधन भएको पुष्टी दैलेखका काँग्रेस पार्टी सचिव भुपेन्द्र शाहीले गरेका छन् । शाहीका अनुसार थापाको सोमबार बिहान ३ बजे दैलेख अस्पतालमा निधन भएको हो । थापा दैलेखको राजनीतिमा भद्र, सालिन छवि […]